एक्काइस वर्षसम्म विमानस्थल सञ्चालनमा आएन
लम्की । बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो ।
उक्त विमानस्थल पुनः सञ्चालनका लागि स्थानीयवासीले विगत सात वर्षदेखि विभिन्न राजनीतिक दलका शीर्षनेतासँग आग्रह गर्नाका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
विसं २०४२ देखि सञ्चालन हुँदै आएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५४ सालदेखि बन्द भएको थियो । लामो समयसम्म विमानस्थल सञ्चालनमा नआएपछि २०६१ सालमा चार सय घरधरी मुक्त कमैयाले त्यहाँ अतिक्रमण गरे ।
वर्षौदेखि बन्द रहेको विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले पहल गरेकाले नगर विकास टीकापुर समितिले विमानस्थलमा बसेका मुक्तकमैयालाई अन्यत्र स्थानमा स्थानान्तरण गर्ने सहमतिमा विसं २०६९ मा ती मुक्तकमैयाले विमानस्थलको जग्गा छोडेका थिए । सरकारले बन्द रहेका २२ वटा विमानस्थल सञ्चालनमा ल्याउने जनाएकाले टीकापुरमा पनि सो विमानस्थल सञ्चालनका लागि स्थानीय बासिन्दाले सञ्चालन समिति गठन गरेर पहल शुरु गरेको पनि सात वर्ष बितिसक्यो ।
स्थानीयवासीको पहलमा अतिक्रमित जग्गा खाली गरेर विमानस्थल सञ्चालनका लागि तारबार र रनवे बनाउने कार्यसमेत गरियो । करीब रु दुई करोडको लागतमा विमानस्थल सञ्चालनका लागि तारबारसहित ६०० मिटरमा रोडा बिच्याएर धावन मार्गसमेत निमार्ण गरिएको छ ।
उक्त विमानस्थल अध्ययन, निमार्ण तथा सञ्चालन समितिका संयोजक टीकाराम जोशीले स्थानीय सञ्चालन समितिले आफ्नै पहलमा टीकापुरमा विमान सेवा सञ्चालनका लागि २०७१सालमा ‘टेस्ट फ्लाइट’लाई सम्म पारिएको बताए । उनले भजे, ‘‘तारा एयरको ट्वीनअटर विमानबाट ‘टेस्ट फ्लाइट’ तयार भएपछि टीकापुर विमानस्थल पुनःनिर्माण तथा सञ्चालन समितिले यति एयरलाइन्ससित टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन उडान भर्ने सम्झौता पनि गरिएको थियो तर जहाज आएन ।’’ जोशीले भने ‘‘ विमानस्थल सञ्चालनका लागि टीकापुरमा विभिन्न पक्षबाट सहयोग भयो । यहाँ आउने मन्त्री तथा शीर्ष नेतालाई ज्ञापनपत्र, मागपत्रदेखि लिएर ध्यानाकर्षणसम्मको काम अहिलेसम्म पनि जारी छ । हामी अहिले पनि प्रयासरत छौं ।’’
सञ्चालन समिति सदस्य मातृका तिमिल्सिेनाले भने, ‘‘बन्द अवस्थामा गौचरणमा परिणत भएको विमानस्थल सञ्चालनार्थ टीकापुरमा नागरिकस्तरबाट टीकापुर विमानस्थल अध्ययन निमार्ण तथा सञ्चालन समिति गठन भएकै कारण आज विमानस्थलको जग्गा सुरक्षित छ । सरकारले चाहेमा उडान शुरु गर्न गाहे पनि छैन ।’’
विमानस्थल पुनःनिर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालयले २०७० सालमा चार महीना घरजग्गा खरीद बिक्रीमा एक प्रतिशत अतिरिक्त कर लगाउँदा रु ३५ लाख सङ्कलन भएको थियो तर विमानस्थल सञ्चालनमा नआउँदा सो रकम अझै सञ्चालन समितिको खातामा थन्किएको छ ।
संयोजक जोशीले विमानस्थल कालोपत्रेका लागि २०७३ मा सर्भेक्षण भएर रू २१ करोडको बराबरको लागत अनुमान गरे पनि काम हुन नसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक नेताले आश्वासन मात्रै दिए, निर्देशन दिएर काम कसैले गरेनन् । फेरि तीन महीनाअघि सर्भेक्षण भएको छ । रू ३१ करोडको लागत अनुमान गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई बुझाएका छौँं ।
“उनले आवश्यक बजेट उपलब्ध गराउने आश्वासन दिएका छन् । काम हुन्छ होला ।’’जोशीले भन्नुभयो, ‘‘मन्त्रीले टीकापुरबाट सुदूर र मध्यपश्चिममा हवाईसेवा सञ्चालन गरिने बताएका छन् । कालोपत्रे भएमा टीकापुरबाट ४० देखि ४२ सिटसम्मको जहाज उडाउन सकिने भएकाले कालोपत्रेका लागि पहल जारी छ ।’’
टीकापुर विमानस्थल निमार्ण तथा सञ्चालनका लागि हरेकवर्ष यस क्षेत्रका जनप्रतिनिधि सहितको टोली राजधानी काठमाडौंमा गइरहेका छन्। ‘‘गतवर्ष पनि एक टोलीले प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, पर्यटन मन्त्रालय, योजना आयोगमा विमानस्थल निमार्णका लागि पहल गर्न आग्रह गरेको थियो ।’’ टीकापुर विकास मञ्चका अध्यक्ष नवराज रावलले भने ।
विमानस्थल सञ्चालन हुनुपर्ने स्थानीयवासीको माग जारी छ । सुदूरपश्चिम प्रदेशका सांसद डा रणबहादुर रावलले भने, ‘‘टीकापुरबाट विमानस्थल सञ्चालन हुने सम्भावना छ प्रदेश सरकारले पनि यो सम्भावनालाई प्राथमिकता दिन आवश्यक छ ।’’
टीकापुरका आसपासका यात्रुले हवाई यातायातका लागि एक सय किलोमिटर भन्दाबढी दूरीमा रहेको नेपालगञ्ज या धनगढी जानुपर्ने बाध्यता छ ।
बजार क्षेत्रतर्फ एक हजार २५० मिटर लम्वाइ रहेको विमानस्थलका लागि आवश्यक परे थप तीन सय मिटर जग्गा सहजरूपमा उपलब्ध गराउन सकिने भएकाले टीकापुर विमानस्थल उपयुक्त रहेको स्थानीयवासीको भनाइ छ ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...











