तीन लाखको अवैध सामान बरामद
लहान ।
प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान र लसुन १८ किलोसहित करीब रु ६० हजार भन्दा बढी मूल्य बराबरको अवैध समान बरामद गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय महेशबारीले खाने तेल, बिस्कुट, रजनीगान्धा, तुलसी लगायतका करीब रु एक लाख ३५ हजार भन्दा बढी मूल्य बराबरको किराना समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय खिरौनाले करीब रु २५ हजार मूल्य बराबरको ट्याक्टरको पार्टपूर्जा बरामद गरेको जनाएको छ । बरामद भएका सामान जिल्ला भन्सार कार्यालय माड्र सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
अवैध मदिरा नष्ट
प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकामा आज १०० लिटर अवैध घरेलु मदिरा नष्ट पारेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले १०० लिटर तयारी घरेलु मदिरा तथा २०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्च पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको छ ।
जिल्लामा शुरु गरिएको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत उक्त परिणाममा घरेलु मदिरा नष्ट पार्नुको साथै उत्पादन गर्न प्रयोग हुने भाँडाकुडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












