तीन लाखको अवैध सामान बरामद
लहान ।
प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले सिरहाको लक्ष्मीपुर पत्तारी, महेशवारी तथा खिरौना लगायतका स्थानबाट ती सामान बरामद गरेका हुन् ।
इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पत्तारीबाट खटिएको टोलीले सल ७७ थान, कुर्ता १०२ थान र लसुन १८ किलोसहित करीब रु ६० हजार भन्दा बढी मूल्य बराबरको अवैध समान बरामद गरेको हो ।
यस्तै इलाका प्रहरी कार्यालय महेशबारीले खाने तेल, बिस्कुट, रजनीगान्धा, तुलसी लगायतका करीब रु एक लाख ३५ हजार भन्दा बढी मूल्य बराबरको किराना समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय खिरौनाले करीब रु २५ हजार मूल्य बराबरको ट्याक्टरको पार्टपूर्जा बरामद गरेको जनाएको छ । बरामद भएका सामान जिल्ला भन्सार कार्यालय माड्र सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
अवैध मदिरा नष्ट
प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकामा आज १०० लिटर अवैध घरेलु मदिरा नष्ट पारेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले १०० लिटर तयारी घरेलु मदिरा तथा २०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्च पदार्थ नियन्त्रणमा लिई नष्ट पारेको छ ।
जिल्लामा शुरु गरिएको अवैध घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत उक्त परिणाममा घरेलु मदिरा नष्ट पार्नुको साथै उत्पादन गर्न प्रयोग हुने भाँडाकुडासमेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












