कर्णाली संसद्: एक वर्षमा १७ कानून निर्माण
सुर्खेत । कर्णाली प्रदेशसभाले एक वर्षको अवधिमा १७ वटा कानून निर्माण गरेको छ । प्रदेशसभा सचिवालयले अर्थसँग सम्बन्धित विधेयकका अतिरिक्त अन्य १७ वटा कानून पारित गरिसकेको जनाएको छ ।
सभामुख राजबहादुर शाहीले प्रदेश सरकारलाई प्रदेशसभालाई ‘बिजनेस’ दिन सरकारको पटकपटक ध्यानाकर्षण गराएको बताए । “सरकारले टेबुल गरेका विधेयक ढिला नगरी पर्याप्त छलफलका बीच सभाबाट पारित भएका छन्”, उनले भने, “कतिपय कानून सङ्घीय सरकारले निर्माण नगर्दा त्यसको असर यहाँ परेको हो, सङ्घीय कानून निर्माण नहुँदासम्म हामीले पनि ‘स्प्रिड’ बढाउन सक्ने अवस्था छैन ।” कतिपय विधेयक विषयगत समितिमा छलफलका लागि पठाइएको उनले बताए ।
संविधानमा प्रदेशका २१ वटा एकल अधिकारका सूची छन् । प्रदेश र सङ्घले दुवैले प्रयोग गर्ने गरी २५ वटा साझा अधिकारका सूची छन् भने सङ्घ, प्रदेश र स्थानीय तहले प्रयोग गर्ने १५ वटा साझा अधिकार छन् । ती सबै अधिकार प्रयोग गर्न कानून आवश्यक पर्छ । अधिवक्तासमेत रहेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीले थुप्रै कानून सङ्घ आश्रित रहेकाले प्रदेश आफूले चाहेर पनि कानून निर्माणको गति बढाउन नसकिने बताए । यो वर्ष पनि सङ्घजस्तै प्रदेशका लागि कानून निर्माणकै वर्ष हुने उनको भनाइ छ ।
प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनका रुपमा लागू हुने संवैधानिक प्रावधान छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउ“सभा र नगरसभाका कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धीलगायतका कानून निर्माण भइसकेका छन् ।
प्रदेशसभाको पहिलो बैठक बसेको आउँदो सोमबार एक वर्ष पुग्दैछ । माघ २१ गते प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा पहिलो बैठक बसेको थियो । फागुन १२ गते बसेको चौथो बैठकबाट दुई तिहाइ बढी मतले प्रदेश नं ६ को नाम ‘कर्णाली’ र राजधानी ‘वीरेन्द्रनगर सुर्खेत’ तोक्ने प्रस्ताव पारित ग¥यो ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका प्रदेशसभामा तत्कालीन माओवादी केन्द्रका दलका नेता महेन्द्रबहादुर शाहीले फागुन १५ गतेको बैठकमा विश्वासको मत प्राप्त गरे । उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेश प्रमुखसमक्ष प्रस्ताव गरेका थिए । त्यसअघि शाहीलाई माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो ।
०७५ जेठ अन्तिममा बसेको तीन वटा बैठकले कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । असार १ गते बसेका दुइटा बैठकले प्रदेश सरकारको आर्थिक वर्ष ०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिएको थियो ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












