ताजा समाचार

३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा

काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियारको टोलीले ३३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार घिमिरेलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो। घटनाबारे अख्तियारले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

सरकारी पद र जिम्मेवारीको दुरुपयोग गरी आर्थिक अनियमितता गर्नेविरुद्ध अख्तियारले निगरानी र कारबाहीलाई तीव्र बनाएको यो घटनाले पुनः सार्वजनिक प्रशासनभित्रको भ्रष्टाचारमाथि गम्भीर प्रश्न उठाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org