राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रकरणमा अध्ययन गर्न उपसमिति गठन
सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले समितिका सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारीको संयोजकत्वमा गठन गरेको सो उपसमितिमा सांसद अञ्जना विसङ्खे, गजेन्द्रबहादुर महत, एकल मिया र नविता चौधरी रहेका छन् ।
विसं २०१६ मा स्थापित तत्कालीन राप्ती अञ्चलको सबैभन्दा जेठो सो अस्पताललाई विस २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । करीब २२ लाख जनसङ्ख्याको विशेषज्ञ स्वास्थ्य सेवा केन्द्रका रुपमा रहेको सो अस्पतालमा कार्यरत कर्मचारी विसं २०७५ माघ २ गतेदेखि विभिन्न माग राखी आन्दोलित रहेका छन् ।
सो उपसमितिलाई प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन १५ दिनको समयावधि तोकिएको छ । आजको बैठकमा समितिका सदस्यद्वय अधिकारी, योगेश भट्टराईले स्वास्थ्यका सबै प्रतिष्ठानलाई नियमन गर्न एकीकृत स्वास्थ्य प्रतिष्ठान बनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयले विशेष पहल गर्न माग गरे ।
समितिका सदस्यद्वय उमेश श्रेष्ठ र उमाकान्त चौधरीले चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) को उपकुलपति पद खाली भएको पाँच महीना बितिसकेको भन्दै तत्काल उपकुलपति नियुक्ति गर्न माग गरे ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












