भारी हिमपातका कारण २ दिनदेखि हवाई सेवा बन्द
हुम्ला ।
आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ ।
जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ । बुधबारदेखि हिमपात हुँदा यहाँको दैनिकी निकै समस्यामा परेको छ । विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।
हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताए । हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ । उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन् ।
एसइई ट्युसन र विद्युत् बन्द
चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ । भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जानसमेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।
हिल्दुम साना जलविद्युत् केन्द्रले हुरी र हिमपातका कारण आफ्नो विद्युत् प्रशारण लाइनलाई बन्द गरेको छ । विद्युत् प्राधिकरणका प्रशासन प्रमुख यमप्रकाश खड्काले हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताए ।
विद्युत् बन्द हुँदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द हुनपुगेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












