दश ग्राम ब्राउनसुगरसहित ६ जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्जबाट छिन्चु हुँदै सुर्खेत प्रवेश गर्ने वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुना नाकामा आज बा ४ ख ४२१९ नम्बरको फोर्स गाडीलाई प्रहरीले जाँच गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका २३ वर्षीय किरण घलेको साथबाट तीन ग्राम ४९० मिलग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी, सोही नाकामा नेपालगञ्जबाट आएको भे१ज ७८९ नम्बरको जीप प्रहरीले जाँच गर्दा त्यसमा सवार वीरेन्द्रनगर–१ सुर्खेत निवासी १८ वर्षीया अमृता कार्कीको साथबाट छ ग्राम ५८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
उनका अनुसार कार्कीसहित त्यसमा संलग्न वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत निवासी २० वर्षीय सम्राट सापकोटा, वीनपा–९ लाटीकोइलीका २३ वर्षीय अर्जुन खत्री, सोही वडाका १९ वर्षीय कुमार महतारा, २० वर्षीय सागर सुनार र वडा नं १ बस्ने १८ वर्षीय दीपा कँडेललाई पक्राउ गरिएको छ ।
प्रहरीले १० ग्राम ७० मिलिग्राम ब्राउनसुगर अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाण भएको बताएको छ । एक साताअघि सात ग्राम २७० मिलिग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका छ जनामाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












