धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : गगन थापा
बनेपा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन ।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मङ्गलबार सहभागी भएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए । उनले भने, “धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो ।” धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताए ।
उनले गाउँगाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरे । उनले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए । उनका अनुसार मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब रु दुई करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको छ ।
सो महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथा वाचन रहेको छ । सो महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












