प्रधानमन्त्री वालेन्द्र भारत प्रस्थान, राजनीतिक परीक्षा शुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँदिल्ली पुगेका शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो औपचारिक भारत भ्रमण हो। उनको भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गरेका हुन्। उनीसँग अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारसहित सरकारी अधिकारीहरूको टोली भारत गएको छ।
दुई प्रधानमन्त्रीबीच व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, आर्थिक सहयोग र विकास साझेदारीका विषयमा छलफल हुने तयारी छ।
नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्याकेजको प्रस्ताव अघि बढाएको विषय पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बनेको छ। विशेषगरी बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् आयोजना तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि भारतको सहयोग नेपालका लागि महत्त्वपूर्ण छ।
गत अगस्टमा आएको विनाशकारी बाढीपहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। यस्तो अवस्थामा भारतबाट आर्थिक सहयोग, अनुदान र सहुलियतपूर्ण ऋण प्राप्त गर्नु सरकारका लागि ठूलो उपलब्धि हुन सक्छ।
हवाई रुट र सीमा विवाद पनि चुनौती
नेपालले लामो समयदेखि माग गर्दै आएको थप अन्तर्राष्ट्रिय हवाई प्रवेश मार्गको विषय पनि भ्रमणमा उठ्ने अपेक्षा गरिएको छ। विशेषगरी महेन्द्रनगर र भैरहवातर्फबाट अन्तर्राष्ट्रिय उडानका लागि सहज हवाई मार्ग उपलब्ध भए गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सहयोग पुग्न सक्छ।
त्यस्तै, लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवाद, व्यापार घाटा, पारवहन सुविधा र ऊर्जा व्यापारजस्ता पुराना विषय पनि नेपालका महत्त्वपूर्ण चासो हुन्। यी विषयमा ठोस प्रगति नभएसम्म नेपाल–भारत सम्बन्धमा देखिने समस्या पूर्ण रूपमा समाधान भएको मान्न सकिँदैन।
बालेनको कूटनीतिक परीक्षाको सुरुवात
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई केवल औपचारिक स्वागत, भेटघाट र भाषणमा सीमित राख्न नहुने आवाज पनि उठिरहेको छ। नेपाली जनताले यस भ्रमणबाट ठोस उपलब्धि चाहेका छन्।
भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक हो। भौगोलिक निकटता, खुला सीमा, सांस्कृतिक सम्बन्ध र आर्थिक निर्भरताका कारण भारतसँगको सम्बन्ध नेपालको राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको छ
Comments
अरु समाचार
-
स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिममा र प्रदेशसभा निर्वाचन मंसिरमा हुनुपर्ने बताएका...
-
प्रधानमन्त्रीको भारत भ्रमण तय, मन्त्रिपरिषद्ले के गर्यो ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा मङ्सिर...
-
संविधानको मर्म अनुसार प्रदेश र स्थानीय तहको निर्वाचनः निर्वाचन आयोग
काठमाडाैं । निर्वाचन आयोगले संविधान र कानुनको मर्मअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय मान्यता प्राप्त...
-
परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता, नाका खुलाउने विषयमा छलफल
काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । मन्त्रालयमा आज परराष्ट्रमन्त्री खनालसँग चिनियाँ...
-
बरु रवि पक्राउ पर्लान, कुमार बेनलाई ‘सत्ताले छुनै’ सक्दैन
काठमाडाैं। सरकारले धमाधम नेता, पूर्वमन्त्री, व्यवसायीलाई चिवाैलिया भनिएका इनम सापकोटासंगको सम्पर्क रहेको र अन्य विभिन्न आरोपमा पक्राउ गरिरहेको छ। पूर्वमुख्यसचिव...
-
इनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको...
-
सरकारलाई कार्यशैली सच्याउन मानव अधिकार रक्षकहरूको आग्रह, १० बुँदे सुधार प्रस्ताव सार्वजनिक
काठमाडौं। जवाफदेही निगरानी समितिमा आबद्ध मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनीहरूले जेनजी...
-
राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी नेपाल आउँदै, स्वागतका लागि भव्य तयारी…
काठमाडौं। राधास्वामी सत्संग ब्यासका सतगुरु बाबाजी कार्तिक २४ गते नेपाल आउने भएका छन्। उनी रुपन्देहीको सेमरहवामा रहेको आफ्नै सत्संग परिसरमा...
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...













