बैठक नै स्तब्ध भएको त्यो हृदयविदारक सूचना
काठमाडौ। दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो ।
सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ म । बाहिर निस्कने क्रममा सचिव राईले भन्नुभयो, ‘‘बैठक लामै हुने भयो है ।’’
करिब चार÷पाँच मिनेटको अन्तरालमा राई पुनः बैठक कक्षमा प्रवेश गर्नुभयो । सांसदहरुको बहस सकिएकै थिएन । बैठक कक्षमा प्रवेश गर्नसाथ सभापति शशी श्रेष्ठसँग बोल्नका लागि सङ्केत गर्दै राईले भन्नुभयो, ‘‘अत्यन्तै दुःखद् खबर आयो म निस्कनुपर्ने भयो ।’’
चर्को बहस भइरहेको बैठककक्ष शान्त भयो । मैले छेउमा रहेका साथीहरूलाई भनेँ, ‘‘सिरियस भएर फर्कनुभयो सचिवज्यू, के भएछ ?’’ केही बेरपछि गला अवरुद्ध शैलीमा सचिव राईले थप्नुभयो ‘तेह्रथुमको विमानस्थल अनुमगनका क्रममा जानुभएका माननीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी त्यहाँबाट ताप्लेजुङको पाथीभरा पुग्नेक्रममा दुर्घटनामा परेको खबर आयो । एयर डाइनेस्टीको हेलिकोप्टरमा उहाँ जानुभएको थियो । साथमा डाइनेस्टीकै मालिक आङछिरिङ शेर्पासहित छ जना रहेको प्रारम्भिक सूचना छ ।’
सचिव राईको सूचनामा बैठकक्ष स्तब्ध बन्यो । यो समाचार आजको गोरखापत्र दैनिकमा नारायण काफ्लले लेखेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












