जनप्रतिनिधिको सुराकीमा नेताहरु गिरफ्तार परेको खवर छ, रिहाइ नगरे जनप्रतिरोध हुन्छः सुदर्शन
काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गिरफ्तार परेका आफ्ना नेता कार्यकर्तालाई विना सर्त रिहाई गर्न सरकारसँग माग गरेका छन् ।
देश विकास र रक्षाका लागि चेतना फैलाउदै हिडेका आफना नेता कार्यकर्तालाई राज्यले गिरफ्तार गरेकाले सरकारका अधिकारीको दिमाग त ठिक छ नी भन्दै प्रतिप्रश्न गर्दै भनेका छन्, ‘देशको विकास र रक्षाका लागि त्यो चेतना फैलाउँदै दुःख–कष्टहरू साथ जनताका बीचमा हिँडिरहेको अभियान टोलीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाउने षड्यन्त्र गरिरहेकाले सरकारका अधिकारीहरूको दिमाग ठीक ठाउँमा छ कि छैन भन्ने प्रश्न उठेको छ ।’
नेता ओलीले जनप्रतिनिधि नै सुराकी लागेर आफना नेता कार्यकर्तालाई गिरफतार गराउन खोजेकाले यसको गहिरो अनुसन्धान गर्न पार्टीले सुरु गरेको भन्दै विना सर्त रिहाइका साथै दमनमा नउत्रिन चेतावनी समेत दिएका छन् । सरकार दमनमा उत्रिएमा जनताले त्यसको कडा प्रतिरोध गर्नेछ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्तिः
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












