ई–पाटी ल्यापटप कार्यक्रमप्रति शिक्षक र विद्यार्थीको बढ्दो आकर्षण
दार्चुला । साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन भएपछि शिक्षक विद्यार्थीको आकर्षण बढेको छ ।
गत भदौ अन्तिम सातादेखि जिल्लाका एक नगरपालिका र चार गाउँपालिकाका १५ वटा विद्यालयमा नमूनाका रुपमा ई–पाटी ल्यापटप वितरण भएपछि शिक्षण क्रियाकलापमा शिक्षक विद्यार्थी दुबैको आकर्षण बढेको हो ।
“र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु भएपछि विद्यार्थीको पढाइप्रति रुचि बढेको छ”, मार्मा गाउँपालिकास्थित दुर्गेश्वरी आधारभूत विद्यालय बारौका प्रधानाध्यापक गजेन्द्रबहादुर सिंहले भने, “सेतो पाटीमा लेखेर पढाउनुभन्दा पनि ल्यापपटमार्फत शिक्षण गर्दा विद्यार्थीको रुचि बढेको छ ।”
कक्षा शुरु हुने वित्तिकै विद्यार्थीको ध्यान ल्यापटपमै जान थालेको छ । श्रव्यदृष्यमार्फत पढाइ हुने भएका कारण साना विद्यार्थी पनि ध्यान दिएर पढ्न थालेका छन्, प्रधानाध्यापक सिंहले बताए । साझा शिक्षा इपाटीमार्फत विज्ञान गणित विषयमा शिक्षण गर्न राम्रो छ । अङ्ग्रेजी नेपाली विषयको पाठ्यपुस्तक र साझा शिक्षा ई–पाटीको थोरै पाठ्यक्रम तलमाथि देखिन्छ उनले भने ।
श्रव्यदृष्य भएका कारण शिक्षकलाई मात्र नभई विद्यार्थीको चाहनानुसार शिक्षणमा सहयोग पुगेको छ । “अहिले शुरुआती चरणमै छौँ”, सिंहले भने । ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन गर्न विद्यालयका चार वटै शिक्षकलाई आधारभूत कम्प्युटर अभ्यास गराइएको थियो । विद्यालयमा १०० को हाराहारीमा विद्यार्थी छन् । अहिले सबै विद्यार्थीलाई बहुकक्षाको अवधारणामा र्ई–पाटी ल्यापटपमार्फत शिक्षण शुरु गरेका छौँ । सो विद्यालयले कार्यक्रमअन्तर्गत १६ वटा ल्यापटप पाएको छ ।
साझा शिक्षा ई–पाटी कार्यक्रमअन्तर्गत मार्मा गाउँपालिका आठ वटा विद्यालय छनोट भएका थिए । जसमा दुर्गेश्वरी प्राविले २१ वटा ल्यापटप पाएको छ । यस्तै नौगाड गाउँपालिकाका तीन वटा सामुदायिक विद्यालयमा साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम चलेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नौगाड गाउँपालिका र विश्व खाद्य कार्यक्रमको सहकार्यमा साझा शिक्षा ई–पाटी ल्यापटप कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्युत् नभएका बेलासमेत सोलार सिस्टमबाट चल्ने भएकाले पठनपाठनमा साझा शिक्षा ई–पाटी कार्यक्रमले सहज भएको शिक्षकको अनुभव छ । प्रभावकारी शिक्षण क्रियाकलाप र प्रविधिमैत्री शिक्षणमा कार्यक्रमले टेवा पु¥याएको उनीहरुको भनाइ छ ।
कक्षा २ देखि ५ सम्मका विद्यार्थीलाई शिक्षण गर्दा सहयोग पुगेको आधारभूत विद्यालय डाँडा सिप्टीका प्रधानाध्यापक रघुवीरसिंह धामीले जानकारी दिए । नौगाड गाउँपालिकास्थित आधारभूत विद्यालय डाँडा सिप्टी, आधारभूत विद्यालय घोरकट्या र आधारभूत विद्यालय डाडा जामिरमा यो कार्यक्रम सञ्चालनमा रहेको जनाइएको छ ।
मालिकार्जुन गाउँपालका–४ स्थित बालिचन आधारभूत विद्यालय मल्तडीमा पनि यो कार्यक्रम लागू भएपछि शिक्षण सिकाइ सुधारोन्मुख भइरहेको विद्यालयका प्रधानाध्यापक अम्वादत्त भट्ट बताउँछन् । विगतमा कालोपाटीमा चक (खरी) ले लेखिन्थ्यो । बिहान लगाएको लुगा बेलुकी घर फर्किदा कालो हुन्थ्यो तर समय बदलियो, एक दुई वर्ष भयो सेता बोर्ड प्रयोग भएको हो । त्यो पनि परिवर्तन भएर ल्यापटपमार्फत शिक्षण सिकाइ हुन थाल्यो । आफ्नै जीवनमा भएको परिवर्तनले शिक्षण सिकाइमा परस्कृत हुँदै गएको अनुभव भट्टसँग छ ।
कहिल्यै ल्यापटप नचलाएका हामीहरु पनि अहिले र्ई–पाटी ल्यापटपमार्फत शिक्षण गर्न थालेका छौँ । एक हप्तासम्म तालीम लिएपछि यो सम्भव भयो । समयसापेक्ष आएको प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइमा सुधार हुँदै आएको छ भट्टले भने ।
सञ्चार प्रविधिको विकाससँगै अहिलेका युवापुस्ता इमेल, इन्टरनेट र कम्प्युटरमा रमाउन थालेका छन् । विद्यालयमा कम्प्युटर चलाउन थालेका विद्यार्थी घरमा सहजरुपमा आमाबुबाका मोबाइलको प्रयोग पनि गर्न थालेका छन् । मोबाइल प्रविधिको प्रयोगले पनि ल्यापटप चलाउन सहज भइरहेको छ ।
शिक्षण क्रियाकलापमा साझा शिक्षा र्ई–पाटीले ल्याएको ल्यापटप कार्यक्रम अझै अन्य विद्यालयमा विस्तार गर्नसके युवापुस्तामा शिक्षण सिकाइ प्रभावकारी हुने बताउँछन् शिक्षक जमनसिंह लोथ्याल । अहिले थोरै मात्र विद्यालयमा लागू गरिएको छ । “प्रविधिको युगमा अहिले शिक्षण पेशामा आएका शिक्षक पनि कम्प्युटरमा पोख्त नै हुन्छन्”, उनले भने, “सबै विद्यालयसम्म कम्प्युटर पु¥याउनुपर्छ ।”
कार्यक्रमअन्तर्गत कक्षा २ देखि ५ सम्मका विद्यार्थी सङ्ख्या अनुपातमा ल्यापटप विद्यालयलाई उपलब्ध गराइएको थियो । कार्यक्रमअन्तर्गत शैल्यशिखर नगरपालिकाको एक, मार्मा गाउँपालिकाका आठ, नौगाड गाउँपालिकाका तीन, मालिकार्जुन गाउँपालिकाका दुई र दुहुँ गाउँपालिकाको एक विद्यालयमा ल्यापटप वितरण भएको हो ।
पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयमा पनि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ, गैरसरकारी सङ्घ संस्था र विद्यालय आफ्नै पहलमा ल्यापटप कम्प्युटर खरीद गरी पढाइ शुरु गर्न थालेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख जयराज पन्तले अधिकांश विद्यालयले कम्प्युटर विषय राखेर पढाइ गर्न थालेको बताए । ”र्ई–पाटी थोरै विद्यालयमा लागू गरिएको भए पनि शिक्षणमा प्रभावकारी भएको जानकारी आइरहेको छ,” उनले भने, “यस्ता कार्यक्रमका विषयमा आगामी दिनमा सोच्ने बेला आएको छ ।”
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












