प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुलाई दिए लिखित निर्देशन
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रति स्वच्छ, निष्पक्ष, छिटो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन गर्न देशैभरका न्यायाधीशलाई लिखित निर्देशन दिएका छन्।
प्रधानन्यायाधीश राणाले आज उच्च अदालतका मुख्य न्यायाधीशमार्फत देशैभरका न्यायाधीलाई न्यायपालिकाप्रति प्रभावकारी न्याय सम्पादनको अपेक्षा पूरा गर्न सबैको उच्चस्तरको लगन, मिहिनेत, क्षमता, इमान्दारिता र जवाफदेहिताका साथ कार्य गर्न निर्देशन लिखित निर्देशन दिएका हुन्।
लिखित निर्देशनमा न्यायपालिकाप्रतिको आस्था अभिवृद्धि गर्न र यसको साख कायम गर्न थप संवेदनशीलताका साथ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने, अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालतमा प्रवेश रोक लगाउने कार्य प्रभावकारी रुपमा गर्न भनिएको छ ।
न्यायिक काम कारवाहीको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा ध्यान दिनुपर्ने, मुख्यन्यायाधीशले आफ्नो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीको आचरण, अनुशासनको पालना गरे÷नगरेको तथा न्यायिक काम कारवाहीमा अनियमितता भए÷नभएको निरन्तर अनुगमन गर्न भनिएको छ ।
निर्देशनमा मूल्याङ्कन र निगरानी गरी आचरण र अनुशासनको पालना नगरेको वा अनियमितता वा विचलनजन्य कार्य गरेको पाइएमा आफूले कारवाही गर्न सक्ने हदसम्म कारवाही गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिशसहितको प्रतिवेदन पेश भनिएको छ ।
उमेरहदका कारणबाट अवकाश हुने न्यायाधीशलाई संविधान र कानूनले अवकाश प्राप्त गर्ने अन्तिम अवधिसम्म इजलासमा बसी मुद्दाको सुनुवाइ र फैसला गर्न कुनै किसिमको बन्देज नलगाएको भए पनि अवकाश हुने अन्तिम दिनसम्म न्यायाधीशले इजलासमा बसी मुद्दाको नियमित सुनुवाइ र फैसला गर्ने कार्य गर्नुभन्दा एक महीनाअगाडि देखि नै आफूले गरेका फैसला वा आदेशहरु तयार गर्ने र अवकाशको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्नु बढाउनु व्यावहारिक र उपयुक्त हुने उल्लेख छ ।
न्यायपालिकामा कार्यरत न्यायाधीश तथा कर्मचारीले सामाजिक सञ्जालहरुमा अदालतसम्बन्धी विषय राख्दा न्यायपालिकाको शाख, न्यायपालिकाप्रतिको आस्था तथा न्याय सम्पादनमा पर्ने प्रभावकाबारे ध्यान दिन भनिएको छ । न्यायाधीश तथा कर्मचारीको आचारसंहिता, अनुशासनसँग समेत सम्बन्धित रहेको हुँदा गम्भीरता र संवेदनशील रहन र आवश्यक काम कारवाहीको अनुगमन र नियमनसमेत गर्न निर्देशन दिएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












