संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक, विभेदकारी तथा कर्मचारीतन्त्रको मनोबल कमजोर बनाउने खालका रहेको टिप्पणी गरेका छन्।
विधेयकमा केही सकारात्मक सुधारका प्रावधान भए पनि मुख्य विवादित व्यवस्थाले समग्र प्रशासनिक संयन्त्रलाई नै प्रभावित पार्न सक्ने उनको भनाइ छ। मैनालीले प्रस्तावित ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद (३०/५५) को व्यवस्था समानताको हकसँग बाझिने दाबी गरे।
उनका अनुसार एउटै समूहका कर्मचारीमध्ये ऐन लागू भएको दिन अवकाश पाउने र त्यसको भोलिपल्ट अवकाश हुने कर्मचारीले भने ६० वर्षसम्म सेवा गर्न पाउने अवस्था सिर्जना भए त्यसले गम्भीर विभेद निम्त्याउँछ।
निजामती सेवा ऐन, २०४९ ले सुनिश्चित गरेका सेवा–सुविधा तथा पेन्सनसम्बन्धी अधिकार घटाउने गरी नयाँ व्यवस्था ल्याउनु कानुनी रूपमा समेत चुनौतीपूर्ण हुने मैनालीको भनाइ छ। यस्तो व्यवस्था अदालतमा पुगेमा प्रारम्भिक चरणमै खारेज हुन सक्ने उनले चेतावनी दिए।
मैनालीले कर्मचारी प्रशासन सुधारका नाममा अनुभवी जनशक्तिलाई जबर्जस्ती अवकाश दिने नीति उपयुक्त नहुने बताए। उनका अनुसार व्यवस्थापनको सिद्धान्तमा जनशक्ति दायित्व नभई संस्थाको सम्पत्ति हो।
“व्यवस्थापनको सिद्धान्तअनुसार जनशक्ति दायित्व नभई सम्पत्ति हो। अनुभवी कर्मचारीलाई टिकाइराख्नुपर्नेमा जबर्जस्ती घर पठाउने रणनीतिले कर्मचारीमा तीव्र निराशा छाएको छ र राजीनामा दिने क्रम बढेको छ,” उनले भने।
विधेयकमा विशेषज्ञ तथा कार्यकारी पदमा बाहिरबाट पदपूर्ति गर्दा लोक सेवा आयोगको ‘सिफारिस’ को सट्टा ‘परामर्श’ मात्र राखिएको विषयमा पनि मैनालीले प्रश्न उठाए। आयोगको परामर्श बाध्यकारी नहुने भएकाले भविष्यमा उच्च प्रशासनिक पदमा राजनीतिक पहुँचका आधारमा नियुक्ति गर्ने बाटो खुल्न सक्ने उनको आशंका छ।
कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा प्रस्तावित कडा नियन्त्रणप्रति पनि मैनालीले असन्तुष्टि जनाए। उनले यस्तो नियन्त्रणलाई राणाकालमा ‘मकैको खेती’ का लेखक सुब्बा कृष्णलाल अधिकारीमाथि गरिएको दमनसँग तुलना गरे।
लोकतान्त्रिक व्यवस्थामा रचनात्मक आलोचना र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने भन्दै उनले अनुशासन र अधिनायकवादी नियन्त्रणबीच स्पष्ट भिन्नता हुनुपर्ने बताए।
सरकारको पछिल्लो कार्यशैलीबारे टिप्पणी गर्दै मैनालीले सरकारको नियत खराब नभए पनि अनुभवी कर्मचारीसँग पर्याप्त परामर्श र प्रशासनिक परिपक्वताको अभावमा हतारमा गरिएका कतिपय निर्णय असफल भइरहेको दाबी गरे।
भ्रष्टाचार नियन्त्रणका लागि खराब आचरण भएका कर्मचारीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिँदै उनले समग्र कर्मचारीतन्त्रलाई एउटै दृष्टिले हेर्न नहुने बताए। स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रको मनोबल जोगाउँदै प्रशासनिक सुधार अघि बढाउन उनले सरकारलाई सुझाव दिए।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...
-
पूर्व प्रधानन्यायाधीशदेखि उच्च पदस्थ व्यक्ति जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोप, अख्तियारमा उजुरी
काठमाडौँ। “स्याउको कार्टुनमा करोडौँ रकम ओसार्ने चोलेन्द्र शमशेर जबरामाथि अनुसन्धान गर्ने हिम्मत देखाउने सरकारले सर्वोच्च अदालतबाटै ५ हजार रोपनी सरकारी...












