डिल्लीबजार कारागार: भवन जीर्ण, कैदीबन्दीलाई समस्या
काठमाडौं । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ ।
डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ ।
डिल्लीबजार कारागारका उपसचिव एवं जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताउँछन् । “थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,” उनी भन्छन्, “उक्त जग्गामा कार्यालयदेखि प्रहरीसमेत राख्नुपर्ने बाध्यता छ ।”
डिल्लीबजार कारागारमा हाल रहेका ६१२ कैदीबन्दीमध्ये ५९३ स्वदेशी र १९ जना विदेशी रहेका छन् । धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी समेत हुने गरेको जेलर पोखरेल बताउँछन् ।
बिरामी कैदीबन्दीका लागि छुट्टै कोठा स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । डिल्लीबजार कारागारमा बिरामी भएका कैदीबन्दीको उपचार भने केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलमा हुँदै आएको कारागारले जनाएको छ ।
कैदीबन्दीमा छाला, मधुमेह, कमलपित्त, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने समेत गरेको छ ।
केन्द्रीय कारागार अस्पतालमा उपचार हुन नसकेका कैदीबन्दीलाई वीर अस्पताल, शहीद गङ्गालाल अस्पताल, मानसिक अस्पताललगायतमा उपचारका लागि पठाइँदै आएको कारागारले जनाएको छ ।
कारागार परिसर बाहिरको जग्गा हुलाक कार्यालयको रहेकाले कारागार कार्यालयलाई साँघुरो भएको उपसचिव पोखरेलको भनाइ छ । कूल ३५० कैदीबन्दी राख्न मिल्ने क्षमता कारागारको रहे पनि क्षमताभन्दा झण्डै दुईगुणा बढी कैदीबन्दी रहेका छन् । डिल्लीबजार कारागारमा कैदीबन्दीको कामका लागि गलैँचा र फर्निचर उद्योग सञ्चालन गरिएको छ ।
डिल्लीबजार कारागारमा कैदीबन्दीलाई आफन्तसँग भेटघाटका लागि अन्य कारागारको तुलनामा सहज बनाइएको नेपाल प्रहरी डिल्लीबजार कारागारका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया बताउँछन् । “शनिबार बाहेक अरु दिनमा आफ्ना घरपरिवार र आफन्तलाई कैदीबन्दी भेट्न सहज रुपमा दिँदै आएका छौँ,”–उनी भन्छन् ।
डिल्लीबजार कारागारको सुरक्षाका लागि १२५ प्रहरीको दरबन्दी भएपनि हाल ८० प्रहरीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् ।
काठमाडौँ र दाङमा दुई/दुई वटा कारागार रहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुलसीपुर दुई स्थानमा कारागार रहेको छ ।
धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












