डिल्लीबजार कारागार: भवन जीर्ण, कैदीबन्दीलाई समस्या
काठमाडौं । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ ।
डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल र डिल्लीबजार कारागार भएकाले महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमै राख्ने व्यवस्था गरिएको छ ।
डिल्लीबजार कारागारका उपसचिव एवं जेलर अरुण पोखरेल भूकम्पले क्षति पुगेको भवनलाई ‘रेट्रोफिटिङ’ गरेर सञ्चालनमा ल्याएको बताउँछन् । “थोरै जग्गामा धेरै कैदीबन्दी हुँदा समस्या परेको छ,” उनी भन्छन्, “उक्त जग्गामा कार्यालयदेखि प्रहरीसमेत राख्नुपर्ने बाध्यता छ ।”
डिल्लीबजार कारागारमा हाल रहेका ६१२ कैदीबन्दीमध्ये ५९३ स्वदेशी र १९ जना विदेशी रहेका छन् । धेरै कैदीबन्दीलाई एकै ठाउँमा राख्दा अधिकांश कैदीबन्दी बिरामी समेत हुने गरेको जेलर पोखरेल बताउँछन् ।
बिरामी कैदीबन्दीका लागि छुट्टै कोठा स्थापना गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । डिल्लीबजार कारागारमा बिरामी भएका कैदीबन्दीको उपचार भने केन्द्रीय कारागार अस्पताल जगन्नाथ देवलमा हुँदै आएको कारागारले जनाएको छ ।
कैदीबन्दीमा छाला, मधुमेह, कमलपित्त, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका समस्या हुने समेत गरेको छ ।
केन्द्रीय कारागार अस्पतालमा उपचार हुन नसकेका कैदीबन्दीलाई वीर अस्पताल, शहीद गङ्गालाल अस्पताल, मानसिक अस्पताललगायतमा उपचारका लागि पठाइँदै आएको कारागारले जनाएको छ ।
कारागार परिसर बाहिरको जग्गा हुलाक कार्यालयको रहेकाले कारागार कार्यालयलाई साँघुरो भएको उपसचिव पोखरेलको भनाइ छ । कूल ३५० कैदीबन्दी राख्न मिल्ने क्षमता कारागारको रहे पनि क्षमताभन्दा झण्डै दुईगुणा बढी कैदीबन्दी रहेका छन् । डिल्लीबजार कारागारमा कैदीबन्दीको कामका लागि गलैँचा र फर्निचर उद्योग सञ्चालन गरिएको छ ।
डिल्लीबजार कारागारमा कैदीबन्दीलाई आफन्तसँग भेटघाटका लागि अन्य कारागारको तुलनामा सहज बनाइएको नेपाल प्रहरी डिल्लीबजार कारागारका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया बताउँछन् । “शनिबार बाहेक अरु दिनमा आफ्ना घरपरिवार र आफन्तलाई कैदीबन्दी भेट्न सहज रुपमा दिँदै आएका छौँ,”–उनी भन्छन् ।
डिल्लीबजार कारागारको सुरक्षाका लागि १२५ प्रहरीको दरबन्दी भएपनि हाल ८० प्रहरीले सुरक्षा प्रदान गर्दै आइरहेका छन् । कारागार व्यवस्था विभागका सूचना अधिकारी कृष्णबहादुर कटुवालका अनुसार हाल मुलुकभर ७२ जिल्लामा ७४ कारागार रहेका छन् ।
काठमाडौँ र दाङमा दुई/दुई वटा कारागार रहेका छन् । काठमाडौँमा केन्द्रीय कारागार जगन्नाथदेवल र डिल्लीबजार कारागार तथा दाङमा घोराही र तुलसीपुर दुई स्थानमा कारागार रहेको छ ।
धनुषा, बारा र भक्तपुरमा अहिलेसम्म पनि कारागार छैन । नयाँ स्थापना भएका दुई जिल्ला नवलपरासी पश्चिम र रुकुम पश्चिममा पनि कारागार छैन । विभागका अनुसार हाल देशभर २१ हजारको हाराहारीमा कैदीबन्दी रहेका छन् ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












