खुल्दै महिला तथा बालबालिका विरुद्धका अपराध
काठमाडौं ।
नेपाल प्रहरीले समुदायसँगको सहकार्यसँगै छुट्टै भवनबाट सेवा दिन थालेपछि महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै जान थालेका छन् ।
उक्त अपराध नियन्त्रण, अनुसन्धान र पीडितलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नेपाल प्रहरीको विशिष्टिकृत एकाइको रुपमा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरिएकाले प्रभावित न्यायका लागि प्रहरीमा आउने क्रम बढेको हो ।
महिला तथा बालबालिका बढी जोखिममा पर्ने भएकाले जोखिम रोक्ने सरकारको प्राथमिकतामा रहेको कार्यक्रमलाई प्रहरीले पनि विशेष कार्यक्रमका रुपमा अघि बढाएको जनाएको छ ।
नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ र गाउँगाउँमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरी अभियान चलाउँदै आएको छ । छुट्टै भवनमा उक्त सेवा केन्द्र स्थापना गरेपछि घटना खुल्ने क्रम बढेको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले बताए ।
“पहिले प्रहरीको अपराध अनुसन्धान शाखामा पुग्थे, त्यहाँ मानिसहरुको भिड देखेपछि महिलाहरु आफ्ना कुरा नराखि फर्कन्थे, अहिले छुट्टै भवनबाट सेवा दिन थालेपछि र महिला प्रहरी नै भएपछि आफ्ना कुरा खुलेर राख्ने गरेका छन्”, उनले भने । सेवा प्रभावकारी भएकाले अब ७७ वटै जिल्लामा छुट्टै भवन बनाएर सेवा केन्द्र सञ्चालन गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत निर्देशनालय मातहत मुलुकभर ३८ जिल्लामा २४० सेवा केन्द्र रहेका छन् । यस्तै प्रभावित बालबालिका लक्षित १६ स्थानमा बालमैत्री कक्षा सञ्चालनमा छन् ।
सेवा केन्द्रमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । केन्द्रमा गत माघसम्म घरेलु हिंसासम्बन्धी सात हजार ३७६ उजुरी परेको जनाइएको छ । अघिल्लो वर्ष भने एक हजार २०० बढी मुद्दा दर्ता भएका थिए । चालू आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी एक हजार २७५, जबर्जस्तीकरणी उद्योगमा ४६६, मानव बेचबिखनमा १३३, बहुविवाहअन्तर्गत ५३७, बालविवाहमा ५२, र बोक्सी आरोपअन्तर्गत २६ मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७४÷७५ मा जबर्जस्ती करणीसम्बन्धी एक हजार ४५३ मुद्दा परेका थिए । यसैगरी जबर्जस्तीकरणी उद्योगमा ७४७, मानव बेचबिखनमा ३०५, बहुविवाहअन्तर्गत ६०२, बालविवाहमा ५७ र बोक्सी आरोपअन्तर्गत ६४ मुद्दा दर्ता भएको अभिलेख छ । महिला तथा बालबालिका सेवा केन्द्र मातहत रहने गरी विभिन्न २० स्थानका सिमानामा चेक प्वाईन्ट स्थापना गरिएको प्रजापतिले जानकारी दिनुभयो । आव २०७४÷७५ मा १५९ महिला र १११ बालबालिकासहित २७० जनालाई उद्धार गरिएकोमा १०४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीले निर्धारण गरेको १० साङ्गठनिक प्राथमितामध्ये महिला तथा बालबालिकाको अमानवीय कामप्रति कानूनी कठोरता नीति समावेश छ । दर्ता सङ्ख्या बढेकोले अपराधको सङ्ख्या बढेको जस्तो देखिए पनि समुदायसँग मिलेर प्रहरीले देखाएको सक्रियताले घटना उजागर भएको प्रहरीको दाबी छ । अहिलेसम्म विभिन्न जिल्लामा एक हजार ३२६ वटा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । ति समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
यसले बालविवाह, बहुविवाह, जबर्जस्ती विवाह, अनमेल विवाह, मानव बेचबिखन तथा ओसारपसार, बालश्रम शोषण, जबर्जस्तीकरणी, वैवाहिक बलात्कार तथा यौन शोषण, दुव्र्यवहार जस्ता अपराधको अनुसन्धानलाई प्राथमिकता दिने गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । प्रहरीले विभिन्न भाषामा समेत सचेतना अभियान चलाउँदै आएको छ ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












