खुल्दै महिला तथा बालबालिका विरुद्धका अपराध
काठमाडौं ।
नेपाल प्रहरीले समुदायसँगको सहकार्यसँगै छुट्टै भवनबाट सेवा दिन थालेपछि महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै जान थालेका छन् ।
उक्त अपराध नियन्त्रण, अनुसन्धान र पीडितलाई आवश्यक सहयोग गर्ने उद्देश्यले नेपाल प्रहरीको विशिष्टिकृत एकाइको रुपमा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरिएकाले प्रभावित न्यायका लागि प्रहरीमा आउने क्रम बढेको हो ।
महिला तथा बालबालिका बढी जोखिममा पर्ने भएकाले जोखिम रोक्ने सरकारको प्राथमिकतामा रहेको कार्यक्रमलाई प्रहरीले पनि विशेष कार्यक्रमका रुपमा अघि बढाएको जनाएको छ ।
नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ र गाउँगाउँमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरी अभियान चलाउँदै आएको छ । छुट्टै भवनमा उक्त सेवा केन्द्र स्थापना गरेपछि घटना खुल्ने क्रम बढेको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले बताए ।
“पहिले प्रहरीको अपराध अनुसन्धान शाखामा पुग्थे, त्यहाँ मानिसहरुको भिड देखेपछि महिलाहरु आफ्ना कुरा नराखि फर्कन्थे, अहिले छुट्टै भवनबाट सेवा दिन थालेपछि र महिला प्रहरी नै भएपछि आफ्ना कुरा खुलेर राख्ने गरेका छन्”, उनले भने । सेवा प्रभावकारी भएकाले अब ७७ वटै जिल्लामा छुट्टै भवन बनाएर सेवा केन्द्र सञ्चालन गर्ने योजना रहेको समेत उनले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत निर्देशनालय मातहत मुलुकभर ३८ जिल्लामा २४० सेवा केन्द्र रहेका छन् । यस्तै प्रभावित बालबालिका लक्षित १६ स्थानमा बालमैत्री कक्षा सञ्चालनमा छन् ।
सेवा केन्द्रमा सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता भएका छन् । केन्द्रमा गत माघसम्म घरेलु हिंसासम्बन्धी सात हजार ३७६ उजुरी परेको जनाइएको छ । अघिल्लो वर्ष भने एक हजार २०० बढी मुद्दा दर्ता भएका थिए । चालू आर्थिक वर्षमा जबर्जस्ती करणीसम्बन्धी एक हजार २७५, जबर्जस्तीकरणी उद्योगमा ४६६, मानव बेचबिखनमा १३३, बहुविवाहअन्तर्गत ५३७, बालविवाहमा ५२, र बोक्सी आरोपअन्तर्गत २६ मुद्दा दर्ता भएको तथ्याङ्कमा उल्लेख छ ।
आव २०७४÷७५ मा जबर्जस्ती करणीसम्बन्धी एक हजार ४५३ मुद्दा परेका थिए । यसैगरी जबर्जस्तीकरणी उद्योगमा ७४७, मानव बेचबिखनमा ३०५, बहुविवाहअन्तर्गत ६०२, बालविवाहमा ५७ र बोक्सी आरोपअन्तर्गत ६४ मुद्दा दर्ता भएको अभिलेख छ । महिला तथा बालबालिका सेवा केन्द्र मातहत रहने गरी विभिन्न २० स्थानका सिमानामा चेक प्वाईन्ट स्थापना गरिएको प्रजापतिले जानकारी दिनुभयो । आव २०७४÷७५ मा १५९ महिला र १११ बालबालिकासहित २७० जनालाई उद्धार गरिएकोमा १०४ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीले निर्धारण गरेको १० साङ्गठनिक प्राथमितामध्ये महिला तथा बालबालिकाको अमानवीय कामप्रति कानूनी कठोरता नीति समावेश छ । दर्ता सङ्ख्या बढेकोले अपराधको सङ्ख्या बढेको जस्तो देखिए पनि समुदायसँग मिलेर प्रहरीले देखाएको सक्रियताले घटना उजागर भएको प्रहरीको दाबी छ । अहिलेसम्म विभिन्न जिल्लामा एक हजार ३२६ वटा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । ति समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
यसले बालविवाह, बहुविवाह, जबर्जस्ती विवाह, अनमेल विवाह, मानव बेचबिखन तथा ओसारपसार, बालश्रम शोषण, जबर्जस्तीकरणी, वैवाहिक बलात्कार तथा यौन शोषण, दुव्र्यवहार जस्ता अपराधको अनुसन्धानलाई प्राथमिकता दिने गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । प्रहरीले विभिन्न भाषामा समेत सचेतना अभियान चलाउँदै आएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












