हुलाकी सडक : म्याद सकियो, सडक अधुरै
परासी । पश्चिम नवलपरासीस्थित परासी–नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो आयोजना म्याद सकिँदासम्म जम्मा ३० प्रतिशत मात्र काम भएको छ ।
दुई वर्षको म्याद सकिँदासमेत सडक अधुरै रहेपछि निर्माण अलपत्र पर्ने हो कि भन्ने चिन्ताले स्थानीयवासीलाई सताउन थालेको छ । नदीजन्य पदार्थको अभाव देखाउँदै निर्माण कम्पनीले शुरुआतदेखि नै काममा ढिलासुस्ती गर्दै आएको छ ।
करीब १३ किलोमिटरको सो हुलाकी मार्गलाई दुई लेनको कालोपत्र बनाउने गरी थालनी गरेको कामले पूर्णता पाएको भए अहिले सडक कालोपत्र भइसकेको हुन्थ्यो । तर ठेकेदारको आलटाल र सम्बन्धित निकाय तथा जनप्रतिनिधिले चासो नलिँदा सडक अधुरै हुन पुगेको बर्दघाट–१३ का बासिन्दा दीपक बरालले बताए ।
यो हुलाकी सडकले पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्र र चार स्थानीय तहलाई छोएको छ । त्यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हृदेयश त्रिपाठी र देवेन्द्रराज कँडेल, सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी र वैजनाथ कलवार, प्रदेश नं ५ सरकारमा प्रतिनिधित्व गर्ने भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी र हुलाकी सडकले छोएका रामग्राम, बर्दघाट नगरपालिका र सरावल, प्रतापपुर गाउँपालिकाका प्रमुखहरुले पनि चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
जनप्रतिनिधिले चासो नलिए अब स्थानीय नागरिक सङ्घर्षमा उत्रने सरावलका सुशान्त घिमिरेले चेतावनी दिनुभयो । निर्माण कम्पनी द कञ्चनगङगा बिरुवा शिवशक्ति कन्सट्रक्सनका हुलाकी सडक इन्चार्ज मेघराज खनालले भने नदीजन्य पदार्थ अभावकै कारण समयमा सडक निर्माण सम्पन्न गर्न नसकिएको बताए।
“सडकको निर्माणका लागि ७० हजार घनमिटर नदीजन्य पदार्थको आवश्यकता पर्दछ, तर हाललाई ४३ हजार घनमिटर पदार्थ उपलब्ध भएमा पनि कामलाई अगाडि बढाउन सकिन्छ, अहिलेसम्म हामीले ६ किलोमिटर सडक ग्रावेल गरी कालोपत्रका लागि तयारी अवस्थामा राखेका छौँ, अन्य काम अगाडि बढाउन सकिएको छैन”, उनले भने ।
नदीजन्य पदार्थको उपलब्धताका लागि आफूले जिल्ला समन्वय समिति तथा स्थानीय तहहरुसँग मौखिक तथा लिखित पत्राचार गरेपनि आश्वासन दिने तर उपलब्ध नगराउने गरेको उनको भनाइ छ । नदीजन्य पदार्थ स्थानीय तहले ठेक्का प्रक्रियाबाट गर्दा आयोजनाले पाउन नसकेको खनालले बताए ।
निर्माण कम्पनीले थप दुई वर्षको म्याद मागेको छ । सडक डिभिजन कार्यालय बुटवलका हुलाकी सडक आयोजनाका इञ्जिनीयर देवेन्द्र शर्माले ढिलाइ भए पनि ठेकेदारले काम सक्नैपर्ने बताए। जनता पनि जागरुक हुनुपर्ने भन्दै उनले कच्चा पदार्थ उपलब्धताका लागि स्थानीय तहलाई आग्रह गरिएको जानकारी दिए ।
जिल्ला समन्वय समिति प्रमुख शिवशङ्कर रायले आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराउन आफूले पहल गरिरहेको बताए । सोमबार जिससको पदाधिकारी बैठक बसी सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर नदीजन्य पदार्थ उपलब्ध गराउन पहल गरिरहेको उनको भनाइ छ ।
स्थानीयवासीले तत्काल आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराएर सडक निर्माणकार्य सम्पन्न गराउन पहल गर्न सरोकार भएका निकायसँग माग गरेका छन् ।
रु २५ करोड १९ लाख ७० हजारको लागतमा निर्माणाधीन सो सडक २०७५ को फागुनसम्म निर्माण गरिनुसक्नुपर्ने अवधि थियो । सडकमा खाल्डाखुल्डी र धुलोले स्थानीयवासी हैरान छन् भने यात्रुहरु जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












