पूर्वराजा कै शैलीमा कांग्रेस नेता पाैडेल भन्छन, समय आएपछि पार्टीको नेतृत्व गर्छु
काठमाडाैं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले समय आएपछि कांग्रेसको नेतृत्व गर्न तयार रहेको जनाएका छन् ।
नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आतोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पाैडेलले यस्तो जनाएका हुन् । बहुमतको कम्युनिष्ट सरकार लोकतन्त्रमाथि खतरा रहेको भन्दै उनले कांग्रेसले यसको प्रतिवाद नगरे देस समाप्त हुने ठोकुवा गरेका छन् । यद्यपी उनले कांग्रेसले जनताको अधिकार रक्षार्थ जस्तोसुकै त्याग गर्न तयार रहेको जनाएका छन् ।
नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए। ‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ,’ उनले भने। शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ।
उनले सरकारको आलोचना गर्दै विप्लवमाथिको प्रतिबन्ध समेत खतरा रहेको भन्दै समाधान खोज्न वार्ता लगायतका कुरामा सचेत हुन आग्रह गरेका छन् ।
तर, कतिपयको टिप्पणी भने पूर्वराजाको जस्तै हालत भएको भन्ने रहेको छ । कांग्रेसका केहि नेताहरुले भन्ने गरेका छन्, पाैडेलको राजनीतिक यात्रा पूर्वराजा ज्ञानेन्द्र शाहको जस्तै बन्न पुगेको छ । राजाले समय आएपछि आफु राजा बनेरै छाड्ने बताउने गरेका छन् । भने यता नेता पाैडेलले समेत यस्तै जनाउदै आएका छन् ।
पूर्वराजाले मधेस कार्ड फालेर भारतीय राजदुतलाई भेटे झै पाैडेल समेत मधेस झर्ने झमर्को गर्दै आएका छन् । तर, उलाई कांग्रेस भित्रबाटै आलोचना सुरु भएको छ । उनले नेतृत्व लिने समय आएपछि भन्न वित्तिकै उनका कार्यकर्तामा झोकको पारो तातिएको जनाइन्छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











