तीन सरकारी भवन अलपत्र
सुर्खेत ।
ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् ।
विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण गर्ने उद्देश्यले गोदाम घर निर्माण थालिएको थियो । निर्माण अधुरै रहेपनि सङ्घीय सरकारले ती भवन प्रदेशलाई हस्तान्तरण गरिसकेको छ ।
सङ्घीय आयोजना एकाइ सुर्खेत शाखाले निर्माण व्यवसायीलाई पटक÷पटकपत्र पठाए पनि सम्पर्कमा नआएकाले कानूनी कारवाही गर्न बाध्य भएको जनाएको छ । एकाइ प्रमुख जगदीश लामिछानेले जिएम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी भइरहेको बताए ।
‘‘बारम्बार सम्पर्कका लागि पत्राचार गर्दासमेत कम्पनीका प्रतिनिधि सम्पर्कमा आएका छैनन्,’’ उनले भने,“धरौटी जफत गरेर अर्को कम्पनीलाई ठेक्का दिने गरी प्रक्रिया अघि बढाउँछौं ।”
जिएम कन्स्ट्रक्सनले विपद् व्यवस्थापनसम्बन्धी सामान राख्न गोदाम निर्माणका रु दुई करोड ९८ लाख पाँच हजारमा सम्झौता गरी रु एक करोड २६ लाख ६० हजार भुक्तानी लिइसकेको छ । यसको करीब ४५ प्रतिशत काम मात्र पूरा भएको छ ।
त्यस्तै जिल्ला कारागार रु दुई करोड ३६ लाख ९८ हजारमा सम्झौता गरी रु एक करोड ७७ लाख ४३ हजार र कटकुवा हेल्थपोष्ट रु एक करोड एक लाख ५३ हजारमा निर्माण गर्ने सम्झौता गरी रु ५३ लाख ७४ हजार भुक्तानी लिइसकेको जनाइएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












