प्रदेश २ मा परीक्षार्थीहरुको आक्रोशः दमकल तोडफोड देखि नाराबाजीसम्म
माध्यामिक शिक्षा परीक्षा (एसइई) मा २ विषयका परीक्षाहरु स्थाथित भएपछि प्रदेश नम्बर २ का विभिन्न जिल्लामा प्रदर्शन भएको छ । विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगाडी नै बाहिरिएपछि उक्त विषयका परीक्षाहरु स्थगित भएका थिए । परीक्षा स्थगित भएपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।
विद्यार्थीहरुले आफूहरुको भविष्यमाथि खेलबाड गरिएको भन्दै नाराबाजी गरेका थिए । जनकपुरको हिमाली, साउथ प्वाइन्ट, मोनाष्टिक, धनुषा पब्लिक, मिट स्कूलका विद्यार्थीले परीक्षा अघि नै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै सिरहा, महोत्तरी, सर्लाहीका विभिन्न परीक्षा केन्द्र अगाडि पनि विद्यार्थीले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएका छन् ।
आक्रोशित बिद्यार्थीहरुले शिक्षामन्त्रीको राजीनामा मागेका छन्। परीक्षा रद्ध विरोध रौतहटको चन्द्रनिगाहापुरमा बजारमा विद्यार्थीले प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रिएका विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी गरिरहेका छन्।
आक्रोशित विद्यार्थीले ढुंगा प्रहार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तोडफोड गरेका छन्। आक्रोशित विद्यार्थीको ढुंगा केही सवारीमा समेत क्षति पुगेको छ।
परीक्षा रद्ध भएको आक्रोशमा वीरगञ्जका विद्यार्थीहरुले वीरगञ्जमा रहेको प्रहरी बिट तथा ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन्। दमकलद्वारा पानीको फोहोरा प्रहार गरेपछि थप आक्रोशित भएका विद्यार्थीले दमकल पनि तोडफोड गरेका छन्।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











