त्रिभुवन विश्वविद्यालयले ट्रान्सकिप्ट २४ घण्टामै उपलब्ध गराउने
काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अबदेखि स्नातक तहका सबै सङ्कायका लब्धाङ्क पत्र (ट्रान्सक्रिष्ट) २४ घष्टामा नै उपलब्ध गराउने भएको छ । शुरुमा शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिष्ट उपलब्ध गराउँदै आएको त्रिविले अवदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिष्ट २४ घण्टामा उपलब्ध गराउने भएको हो ।
त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आउने नयाँ वर्षदेखि स्नातक तहका सबै सङ्कायका ट्रान्सक्रिप्ट विद्यार्थीले निवेदन दिएको २४ घण्टाभित्र उपलब्ध गराइने जानकारी गराए । त्रिविले ‘टीयु एक्जामिनेशन इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ नामक सफ्टवेयरमार्फत निवेदन दिएको २४ घष्टाभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो ।
ट्रान्सक्रिप्टका लागि सवै विद्यार्थीका तथ्याङ्कलाई ‘डाटा सेन्टर स्टोर’मा सार्ने काम अन्तिम चरणमा पुगेको छ । परीक्षा नियन्त्रक जोशीका अनुसार कानून र विज्ञान सङ्कायका विद्यार्थीको तथ्याङ्क सार्ने काम अन्तिम चरणमा पुगेको छ ।
त्रिविले विद्यार्थीको २०५४ सालदेखिको तथ्याङक सार्न थालेको हो । त्यसअघि त्रिविले हस्तलिखित ट्रान्सक्रिप्ट उपलब्ध गराउँदै आएको थियो । त्रिविले शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको एक वर्षपछि अन्य सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको हो ।
वि।सं २०७५ जेठ १२ गते शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट पहिलो पटक २४ घण्टाभित्र दिन थालेको थियो । ‘‘हामीले एक वर्ष अगाडि नै शिक्षाशास्त्र सङ्कायको ट्रान्सक्रिप्ट दिन थालेको थियौं, तर प्राविधिक कारणले अरु सङ्कायको दिन ढिलाई भयो’ उनले भने, ‘‘अब प्राविधिक समस्या हटाएर सबै सङ्कायको ट्रान्सक्रिप्ट दिन्छौ ।’
त्रिविले मानविकि सङ्कायको ९बिए० यसैहप्ताबाट ट्रान्सक्रिप्ट दिन थालेको हो भने व्यवस्थापन र विज्ञान सङ्कायको ट्रान्सक्रिप्ट चाँडै नै दिने तयारी थालिएको परीक्षा नियन्त्रक जोशीले जानकारी गराए । त्रिविले सबै सङ्कायको ट्रान्सक्रिप्टका लागि एकद्धार प्रणालीमार्फत विवरण गर्ने छ ।
अहिले सङ्कायपिच्छे फरक÷फरक ठाउँबाट ट्रान्सक्रिप्ट दिने गरेको त्रिविले ‘ट्रान्सक्रिप्ट युनिट’ खडा गरेर एकद्वार प्रणालीबाट सवै सङ्कायका ट्रान्सक्रिप्ट दिइने उनले बताए । त्रिविले स्नातकपछि स्नातकोत्तर तहको ट्रान्सक्रिप्ट दिने भएको छ ।
परीक्षाफल तीन महिनामा
यसैगरी त्रिविले परीक्षाफल तीन महिनाभित्र प्रकाशित गर्ने तयारी गरेको छ । यसअघि परीक्षा दिएको नौ महिनासम्म परीक्षाफल प्रकाशित गर्ने गरेको त्रिविले अब तीन महिनमा परीक्षाफल प्रकाशित गर्ने छ । ‘अहिले परीक्षा दिएको पाँच महीनामा परीक्षाफल प्रकाशित गर्ने गरेका छौ’ उनले भने, ‘‘अब हामीले परीक्षाफल तीन महीनामा प्रकाशित गर्ने गरी काम गरिरहेका छौ ।’
जनशक्ति कम
परीक्षा नियन्त्रक जोशीले कार्यालयमा कम जनशक्ति भएका कारणले काममा सहजता नभएको बताए । उनले पहिलेकै जनशक्तिले काम गर्नुपरेकाले काममा ढिलाइ भएको बताए ।
‘क्याम्पसको संख्या बढेर अहिले करिव एक हजार २२४ रहेका छन्, ती क्याम्पसको सबै परीक्षाको कामदेखि ट्रान्सक्रिप्ट दिने काम हामीले गर्नुपर्दछ’, उनले भने, ‘तर हामीले पुरानै जनशक्तिकै भरमा काम गरिरहेका छौ, जसले गर्दा काम छिटो हुन सकेको छैन ।’
प्रादेशिक कार्यालय स्थापना गरिने
यसैगरी परीक्षा नियन्त्रण कार्यालय प्रादेशिक तहमा जाने भएको छ । अहिले विराटनगर, पोखरा, नेपालगंञ्ज र अत्तरियामा क्षेत्रीय कार्यालयमार्फत काम गरिरहेको कार्यालय अव प्रादेशिक तहमा सातवटै प्रदेशमा कार्यालय स्थापना गरिने परीक्षा नियन्त्रक जोशीले बताए ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












