तारागाँउ रिजेन्सी प्रकरणः विजयकुमारको ट्वीटमाथि सराफसँगको सम्बन्ध र नियत कोट्याउदै पत्रकारहरु !
काठमाडौं । बरिष्ठ पत्रकार विजजयकुमार पाण्डेको ट्विटले पत्रकारहरुबीच ठूलो विवाद मच्चाएको छ । प्रसंग थियो अहिले मिडियामा सर्वत्र चर्चामा रहेको हायात होटलको सरकारी सेयरमा भएको बदमासी र त्यस सम्बन्धमा होटलका तर्फबाट बुधबार विभिन्न राष्ट्रिय पत्रिकामार्फत जारी भएको श्वेतपत्र ।
विवादीत बनेको तारागाउँ रिजेन्सीमा भएको सेयर विवादबारे लेखिएका समाचार अनुसार एशियाली विकास बैंकको प्रति कित्ता रु. १०० अंकित अग्राधिकार शेयर सराफ तथा श्रेष्ठ समूहले रु. ६१ का दरले खरिद गरेको कारण राज्य कोषमा झण्डै १ अर्व ३२ करोड घाटा लागेको श्रोतले बताएको भन्दै आएको समाचारका आधारमा विवाद चर्केको हो ।
तारागाउँ रिजेन्सीबारे समाचार आएपछि बरिष्ठ पत्रकार पाण्डेले एका बिहानै ट्वीट गर्दै लेखेः
केहि समय देखि विबादमा रहेको तारागाउ रेजेन्सी होटल समबन्धि आरोपलाइ आज सो संस्थाले मारक जवाफ फर्काएको छ। नया पत्रिका,गोर्खापत्र, नागरिक, कारोबार,अन्नपुर्ण, अभियान र कान्तिपुर दैनिकमा आज फर्काइएको जवाफले ‘वैश्य पत्रकारिता’ माथी केहि प्रशन खडा गरेको छ।फैसला अदालतले गर्ने नै छ ।
— Vijay Kumar Panday (@Vijaykumarko) April 3, 2019
त्यसपछि यसबारे समाचार लेख्ने पत्रकारहरु एकाएक पाण्डेको विरुद्धमा ओर्लिए । उनीहरुले पाण्डेको पत्रकारीता र उनकै पुस्तक खुशीलाई उदृत गर्दै खरो टिप्पणी गर्न थालेका छन् ।
पत्रकार कृष्ण ज्ञावालीले लेखेका छन्,
पाठक प्रकरणमा मौन । निगमकाण्डमा मौन । यावत अरु बेथितीमा मौन ।
तारागाउमा अनियमितता छ भनेर लेख्यो, आफूलाई बैश्य युगका साक्षात श्रीकृष्ण ठान्ने एक नटवरलाललाई ज्वरो आउदो रहेछ ।
आफ्नै पसिनामा बाच्न सिक बुढा । फोटकमा अरुको दाना–पानी खाएपछि अनुचित समयमा ज्वरो आँउछ ।
— Krishna Gyawali (@krishnaktm) April 3, 2019
यसपछि चलेको दोहोरीले पत्रकार पाण्डेका विरुद्ध शब्द बाणहरु धमाधम आइरहेका छन् ।
यस्तैमा पत्रकार अनमोलमणीले लेखे,
मरेको दुई वर्षपछि नारानगोपाल मेरो व्याको भोज खान आए भनेर लेख्नेले गल्ती नसच्याउने अनि तथ्य सहित लेखेको समाचारलाई वैश्ययुग भन्दै धारे हात वाह् रे सोल्टी वाह्! के खाएपछि यस्तो आउँछ हौ? पैला आफ्नो किताबको तथ्य सच्याउन किर लागे हुनी हो।
— Anamol Mani (@anamolmani) April 3, 2019
पाण्डेका विरुद्ध चलेको ट्विटर युद्धमा पत्रकार कृष्ण ढुंगानाले पाण्डेको पुस्तकको अंश नै राखेर लेखे,
सराफका अनन्य मित्र विजयकुमार दाईले २ वटा ट्विटमार्फत् संकेत गर्नुभएको खास विषय एउटै छ: अब उहाँका अनन्य मित्रहरु (खुशी पृष्ठ:१६२) अदालत सेटिङतिर लागेका छन्। देशका ‘हू इज हू’हरु ‘ल्यापडग’ बनेको यो प्रकरणमा अदालती चलखेलको ‘वाच डग’ बन्ने अवसर ठिक अगाडि देखिरहँदा रोमाञ्चक लागिरहेछ🙏 pic.twitter.com/2clnSiHRdC
— Krishna Dhungana (@krishnakirtipur) April 3, 2019
विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुले बरिष्ठ पत्रकार पाण्डेको नियत र सर्राफसँगको सम्बन्ध समेत केलाउन थालेपछि पाण्डे रक्षात्मक देखिएका छन् ।
पाण्डेलाई आएका थुप्रै टिप्पणी हेर्दा लाग्छ, उनी युवा पुस्तालाई पत्रकारीतामा देख्न चाँहदैनन् । आफैले पत्रकारीताको साम्राज्य सम्हालेर बस्न चाहन्छन् । तर, उनीमाथि भएका पछिल्ला प्रहारले भने उनलाई ठुलै चोट लागेको थाहा हुन्छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












