तारागाँउ रिजेन्सी प्रकरणः विजयकुमारको ट्वीटमाथि सराफसँगको सम्बन्ध र नियत कोट्याउदै पत्रकारहरु !
काठमाडौं । बरिष्ठ पत्रकार विजजयकुमार पाण्डेको ट्विटले पत्रकारहरुबीच ठूलो विवाद मच्चाएको छ । प्रसंग थियो अहिले मिडियामा सर्वत्र चर्चामा रहेको हायात होटलको सरकारी सेयरमा भएको बदमासी र त्यस सम्बन्धमा होटलका तर्फबाट बुधबार विभिन्न राष्ट्रिय पत्रिकामार्फत जारी भएको श्वेतपत्र ।
विवादीत बनेको तारागाउँ रिजेन्सीमा भएको सेयर विवादबारे लेखिएका समाचार अनुसार एशियाली विकास बैंकको प्रति कित्ता रु. १०० अंकित अग्राधिकार शेयर सराफ तथा श्रेष्ठ समूहले रु. ६१ का दरले खरिद गरेको कारण राज्य कोषमा झण्डै १ अर्व ३२ करोड घाटा लागेको श्रोतले बताएको भन्दै आएको समाचारका आधारमा विवाद चर्केको हो ।
तारागाउँ रिजेन्सीबारे समाचार आएपछि बरिष्ठ पत्रकार पाण्डेले एका बिहानै ट्वीट गर्दै लेखेः
केहि समय देखि विबादमा रहेको तारागाउ रेजेन्सी होटल समबन्धि आरोपलाइ आज सो संस्थाले मारक जवाफ फर्काएको छ। नया पत्रिका,गोर्खापत्र, नागरिक, कारोबार,अन्नपुर्ण, अभियान र कान्तिपुर दैनिकमा आज फर्काइएको जवाफले ‘वैश्य पत्रकारिता’ माथी केहि प्रशन खडा गरेको छ।फैसला अदालतले गर्ने नै छ ।
— Vijay Kumar Panday (@Vijaykumarko) April 3, 2019
त्यसपछि यसबारे समाचार लेख्ने पत्रकारहरु एकाएक पाण्डेको विरुद्धमा ओर्लिए । उनीहरुले पाण्डेको पत्रकारीता र उनकै पुस्तक खुशीलाई उदृत गर्दै खरो टिप्पणी गर्न थालेका छन् ।
पत्रकार कृष्ण ज्ञावालीले लेखेका छन्,
पाठक प्रकरणमा मौन । निगमकाण्डमा मौन । यावत अरु बेथितीमा मौन ।
तारागाउमा अनियमितता छ भनेर लेख्यो, आफूलाई बैश्य युगका साक्षात श्रीकृष्ण ठान्ने एक नटवरलाललाई ज्वरो आउदो रहेछ ।
आफ्नै पसिनामा बाच्न सिक बुढा । फोटकमा अरुको दाना–पानी खाएपछि अनुचित समयमा ज्वरो आँउछ ।
— Krishna Gyawali (@krishnaktm) April 3, 2019
यसपछि चलेको दोहोरीले पत्रकार पाण्डेका विरुद्ध शब्द बाणहरु धमाधम आइरहेका छन् ।
यस्तैमा पत्रकार अनमोलमणीले लेखे,
मरेको दुई वर्षपछि नारानगोपाल मेरो व्याको भोज खान आए भनेर लेख्नेले गल्ती नसच्याउने अनि तथ्य सहित लेखेको समाचारलाई वैश्ययुग भन्दै धारे हात वाह् रे सोल्टी वाह्! के खाएपछि यस्तो आउँछ हौ? पैला आफ्नो किताबको तथ्य सच्याउन किर लागे हुनी हो।
— Anamol Mani (@anamolmani) April 3, 2019
पाण्डेका विरुद्ध चलेको ट्विटर युद्धमा पत्रकार कृष्ण ढुंगानाले पाण्डेको पुस्तकको अंश नै राखेर लेखे,
सराफका अनन्य मित्र विजयकुमार दाईले २ वटा ट्विटमार्फत् संकेत गर्नुभएको खास विषय एउटै छ: अब उहाँका अनन्य मित्रहरु (खुशी पृष्ठ:१६२) अदालत सेटिङतिर लागेका छन्। देशका ‘हू इज हू’हरु ‘ल्यापडग’ बनेको यो प्रकरणमा अदालती चलखेलको ‘वाच डग’ बन्ने अवसर ठिक अगाडि देखिरहँदा रोमाञ्चक लागिरहेछ🙏 pic.twitter.com/2clnSiHRdC
— Krishna Dhungana (@krishnakirtipur) April 3, 2019
विभिन्न मिडियामा काम गर्ने पत्रकारहरुले बरिष्ठ पत्रकार पाण्डेको नियत र सर्राफसँगको सम्बन्ध समेत केलाउन थालेपछि पाण्डे रक्षात्मक देखिएका छन् ।
पाण्डेलाई आएका थुप्रै टिप्पणी हेर्दा लाग्छ, उनी युवा पुस्तालाई पत्रकारीतामा देख्न चाँहदैनन् । आफैले पत्रकारीताको साम्राज्य सम्हालेर बस्न चाहन्छन् । तर, उनीमाथि भएका पछिल्ला प्रहारले भने उनलाई ठुलै चोट लागेको थाहा हुन्छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












