बर्डफ्लु भेटिएपछि भक्तपुरमा दुई हजार ९ सय कुखुरा नष्ट !
भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ ।
उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिए ।
वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्m्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त फार्मको चार किल्लाभित्रका कुखुरा नष्ट गरी खाडलमा पुरिएकोे पशु चिकित्सक डा ढकालले जानकारी दिए । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्किएर निःसङ्क्रमण गरिएको छ ।
उपभोक्ताले भने यस वर्ष पनि विभिन्न ठाउँका कुखुरा फार्ममा मरेका कुखुरालाई राति गाड्ने र जिउँदो कुखुरालाई बजारमा बिक्री गरेको गुनासो आएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले विगतमा जस्तै यस वर्ष पनि नेतृत्व लिएर त्यस्ता कार्य रोक्न र बर्डफ्लु न्यूनीकरणमा ध्यान दिनुपर्नेमा त्यसो गर्न नसकेको बताएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











