दुलाल बन्धु समाजको दोश्रो साधारण सभा सम्पन्न, रामकृष्णको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन
चितवन । दुलाल बन्धु सेवा समाजले चितवनमा दोश्रो साधारण सभाबाट रामकृष्ण दुलालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ ।
नयाँ वर्ष २०७६ को शुभकामनासँगै निपानी स्थित हरीहर ब्याक्यूट क्याफेमा सभा सम्पन्न गर्दै ८६ वर्षीय गुप्त कुमारी दुलालई सम्मान गरेको छ । दुलाल बन्धुले जेष्ठ सदस्य ७६ वर्षीया खड्ग कुमरी दुलाललाई समेत सम्मानसहित नगद पुरुस्कार वितरण गरेको समाजका नवनिर्वाचित सचिव राम कृष्ण दुलालले जानकारी दिए ।
कार्यक्रममा दुलाल बन्धु सेवा समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष पर्शुराम दुलालको प्रमुख आतिथ्यमा, केन्द्रिय सदस्यहरु भोग प्रसाद दुलाल, दिपक दुलाल ,प्रदेश नम्बर तीन का उपाध्यक्ष अर्जुन दुलाल ,महासचिब मित्र प्रसाद दुलाल ,प्रदेश सदस्य शुभ राज दुलाल, मोरङ जिल्ला अध्यक्ष टंक प्रसाद दुलाल, ऊर्जा बिज्ञ डा. कृष्ण प्रसाद दुलाल, अम्बिका प्रसाद दुलाल, एम शर्मा दुलाल, नन्द प्रसाद दुलाल को आतिथ्यमा ज़िल्ला भरका दुलाल बंधुहरुको उपस्थितीमा नयाँ कार्य समिती गठन गर्दै सभा सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिमा निर्वाचित हुनेमध्येमा उपाध्यक्ष नन्द प्रसाद शर्मा दुलाल, कोषाध्यक्ष, गोमा दुलाल, सचिव राम कृष्ण दुलाल, सह-सचिव राम प्रसाद दुलाल र सदस्यहरुमा आकृति दुलाल, उत्तर कुमार दुलाल, मनोज दुलाल, डोल प्रसाद दुलाल रहेका छन् ।
यस्तै, सल्लाहकारमा मित्र दुलाल, अम्बिका प्रसाद दुलाल, एम शर्मा दुलाल र चोल प्रसाद दुलाल निर्वाचित भएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











