डाक्टरमाथि मन्त्री पण्डित आक्रोशित- चित्त नबुझे राजीनामा दिए हुन्छ, नयाँ भर्ना गर्छु
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चिकित्सक समायोजनमा जान नचाहेकै हो भने राजीनामा दिएर गएमा नयाँ चिकित्सक भर्ना गर्ने चेतावनी दिएका छन् ।
संविधान मान्दैन भन्न मिल्छ ? भन्दै मन्त्री पण्डितले भने, संविधानले दिएको अधिकार प्रयोग गरेर कर्मचारीको ईच्छा, प्राथमिकता, जेष्ठता, कार्यसम्पादन उमेरदेखि स्थायी बसोबासलाई आधार मानेर पदीय अनुसारले स्थानीय, प्रदेश र संघ तीनै ठाउँमा समायोजन गरेको कुरालाई मान्दैन भनेर आन्दोलन गर्नुको विकल्प छैन् ।
आन्दोलनको नाममा चिकित्सकले गरेको आन्दोलनको तुक छैन् । एक टेलिभिजन कार्यक्रममा अन्तरबार्ता दिदै मन्त्री पण्डितले भने, सरकारको आदेश नमानेर आन्दोलन गर्दै सेवा नदिने डाक्टरहरुलाई उनले राजिनामा दिन सुझाव दिएका छन् । ‘डाक्टरहरु काम गर्न तयार हुँदैनन भने कस्ले रोकेको छ ? राजिनामा दिए भै हाल्छ ।’ उनले भने, ‘दुर्गममा पद राखेर, साइनबर्ड झुण्डाएर काठमाण्डौँमा बसेर निजी क्लिनिक खोलेर काम गरेझैँ गर्न दिन्न । यदि दुर्गममा जानुहुन्न भने दुर्गममा डाक्टरको पद खाली भयो भने आवश्यक परे नयाँ डाक्टर भर्ना गरेरै भएपनि त्यो क्षेत्रमा हामी कर्मचारी पठाउँछौँ ।’
यसैबीच, स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डाक्टरहरु संघीयता विरुद्ध लागेको आरोप लगाएका छन् । डाक्टरहरुले भने अहिले आन्दोलनमा १४ सय डाक्टर मात्र रहेको र माग पूरा नभए २२ हजार नर्स र अहेब पनि आउने चेतावनी दिएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












