जग्गा प्रकरणमा महासचिव कमरेड पीडित हुनुहुन्छः प्रवक्ता बाँस्कोटा
काठमाडाैं । बालुटारको सरकारी जग्गा प्रकरणमा नेकपा महासचिव बिष्णु पाेडेल ठगीमा परेको सरकारका पवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल वाँस्कोटा जनाएका छन् ।
मन्त्री बाँस्कोटालेे थप्दै भनेका छन, बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच भएको छैन् । किनबेच भएको भनिएको जग्गा प्रधानमन्त्री निवास छेउको रहेछ ।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारको जग्गा अनुचित ढंगमा व्यक्तिको नाममा लगिएको रहेछ भने त्यसलाई सरकारले नछोड्ने बताए ।
जग्गा प्रकरणमा दोषी देखिएमा सत्तारुढ या प्रतिपक्षी कोहि नभनर सरकारले कारबाही गरेरै छाड्ने प्रवक्ता बाँस्कोटाले प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री बाँस्कोटाले जग्गा खरिद प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पनि पीडित भएको दाबी गरे ।
‘उहाँ त्यो फर्जी धन्दामा संलग्न भएको होइन नि ! तेस्रो पक्षबाट जग्गा किनेको हुँ भन्नुभएको छ । किन्नेहरु वा जो ठगीमा पर्नुभएको छ उहाँहरु त अपराधी होइन, उहाँ पीडित हुनुभयो । किनकी उहाँले किन्नुभयो जग्गा, तर परेछ नक्कली !’
यस्तै, देश संघियतामा गइसकेपछि क्षेत्रिय कार्यालयहरु समेत खारेज भएका छन् । यसअघि रहेका क्षेत्रिय कार्यालय मुख्यमन्त्री मातहत जानेगरि खारेज भएको प्रवक्ता बास्कोटाले जनाएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












