‘सबैको बैंक खाता’ अन्तरगत एनआइसी एसियामा बैशाख १ देखि खाता खोल्दा रु. १०० पाइने !
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल सरकार र राष्ट्रबैंकको “समृद्धसँग जोडौ नाता: सबै नेपालीको बैंक खाता” भन्ने नारासहित सुरु हुन लागेको “खोलौ बैंक खाता अभियान २०७६”लाई सहयोग गर्ने उद्देश्यले समृद्ध नेपाल, सुखी नेपाली बचत खाता संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै बैशाख १ गतेदेखि लागू हुने गरी यस्तो बैंक खातामा संचालनमा ल्याइएको प्रष्ट पारेको हो ।
नेपाल राष्ट्रबैंकले खोलौं बैंक खाता अभियानमा सरिक हुन सबै बैंक तथा वित्तीय संस्थालाई हिजोमात्र सर्कुलर जारी गरेको थियो । केन्द्रीय बैंकको सर्कुलरलाई कार्यान्वयन गर्ने पहिलो बैंक पनि एनआइसी एशिया नै भएको छ ।
बुधबार नेपाल बैंकर्स संघको बैठकले सरकारको यो अभियानलाई साथ दिने सबै बैंकबीच सहमति भएको थियो । उनीहरु सबैले बैशाख १ गतेदेखि यो स्किम अन्तर्गत खोलिने खातामा रु. १०० बैंकको तर्फबाट हालिदिने निर्णय गरेका थिए । निर्णय सबै बैंकले गरे पनि घोषित रुपमै अभियानलाई साथ दिने पहिलो बैंक एनआइसी एशिया भएको हो ।
एनआइसी एशियाले बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सो बचत खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले रु. १०० खातामा जम्मा गरिदिने घोषणा समेत गरेको छ ।
केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको थियो । एनआइसी एशियाले समेत यसरी खाता खोल्नेलाई जम्मा गरिदिने रकम सोही कोषबाट व्यवस्थापन गर्ने गरी बचत खाताको स्किम सार्वजनिक गरेको हो ।
यो बैंक देशमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको वाणिज्य बैंक हो । हाल यो बैंकको देशभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकका हाल करिब १५ लाखको हाराहारीमा ग्राहक रहेका छन् ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












