‘सबैको बैंक खाता’ अन्तरगत एनआइसी एसियामा बैशाख १ देखि खाता खोल्दा रु. १०० पाइने !
काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल सरकार र राष्ट्रबैंकको “समृद्धसँग जोडौ नाता: सबै नेपालीको बैंक खाता” भन्ने नारासहित सुरु हुन लागेको “खोलौ बैंक खाता अभियान २०७६”लाई सहयोग गर्ने उद्देश्यले समृद्ध नेपाल, सुखी नेपाली बचत खाता संचालनमा ल्याएको छ ।
बैंकले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै बैशाख १ गतेदेखि लागू हुने गरी यस्तो बैंक खातामा संचालनमा ल्याइएको प्रष्ट पारेको हो ।
नेपाल राष्ट्रबैंकले खोलौं बैंक खाता अभियानमा सरिक हुन सबै बैंक तथा वित्तीय संस्थालाई हिजोमात्र सर्कुलर जारी गरेको थियो । केन्द्रीय बैंकको सर्कुलरलाई कार्यान्वयन गर्ने पहिलो बैंक पनि एनआइसी एशिया नै भएको छ ।
बुधबार नेपाल बैंकर्स संघको बैठकले सरकारको यो अभियानलाई साथ दिने सबै बैंकबीच सहमति भएको थियो । उनीहरु सबैले बैशाख १ गतेदेखि यो स्किम अन्तर्गत खोलिने खातामा रु. १०० बैंकको तर्फबाट हालिदिने निर्णय गरेका थिए । निर्णय सबै बैंकले गरे पनि घोषित रुपमै अभियानलाई साथ दिने पहिलो बैंक एनआइसी एशिया भएको हो ।
एनआइसी एशियाले बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सो बचत खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले रु. १०० खातामा जम्मा गरिदिने घोषणा समेत गरेको छ ।
केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको थियो । एनआइसी एशियाले समेत यसरी खाता खोल्नेलाई जम्मा गरिदिने रकम सोही कोषबाट व्यवस्थापन गर्ने गरी बचत खाताको स्किम सार्वजनिक गरेको हो ।
यो बैंक देशमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको वाणिज्य बैंक हो । हाल यो बैंकको देशभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् ।
बैंकका हाल करिब १५ लाखको हाराहारीमा ग्राहक रहेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












