प्रधानमन्त्री निवासको जग्गाको पर्खाल कसरी सार्न मिल्छः आयुक्त शाह
काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा निर्वाचन आयुक्त सुधीरकुमार शाहबारे संचार माध्यममा आएका समाचार भ्रामक र गलत रहेको पाइएको छ ।
आयुक्त शाहले २०४९ सालमा ललिता निवासको २ रोपनी जग्गा खरिद गरेर २०६१ सालमा वेचि सकेका थिए । तर, पछिल्लो समय आएका समाचारमा जस्तै शाहले सरकारी जग्गा हडप्न पर्खाल सारेको भन्ने कुरा भने गलत र शाहको चरित्र हत्या गर्नका लागि भएको उनी निकट स्रोतले जनाएको छ ।
जग्गा खरिद गरेर वेचेको कुरा सत्य भएपनि संचार माध्यममा आएजस्तै पर्खाल नै सार्न प्रधानमन्त्रीको समेत सहारा लिएको जस्तो देखिने गरि सुचना आउनु दुखद् र मिडियाको भुमिका प्रति नै शंका उब्जेको छ । शाह निकट स्रोतले भन्यो, ‘प्रतिष्ठित मिडियाले सत्यताको नजिक नपुगेर हतारमा समाचार बनाउदा त्यसले समाजलाई कता लैजाला ? मिडियाको भुमिका प्रति जनताले विश्वास कहिले सम्म गर्लान ? खोजमुलक पत्रकारीताको नाममा खिसिटिउरी पत्रकारीले प्रेसको इज्जत जोगाउला ? पक्कै पनि जोगिन्न । शाह मात्रै नभएर पूर्वप्रधानमन्त्री समेत नेपाल मै हुनुहुन्छ । नियमित जनताको काममा हुनुहुन्छ । एक पटक सोध्दा के बिग्रिन्थ्यो र ?’
विवादीत बनेको ललिता निवासको जग्गा बाटो मिलाउन नसक्दा बेचिसकेको कुरा शाहले लुम्बिनी भ्वाइसले सम्पर्क गर्दा भने, “जग्गा खरिद गर्दा मोही लागेको तर, बाटो नभएको जग्गा खरिद गरेपनि बाटो मिलाउन सकिन्छ की भन्ने थियो तर त्यो सकिएन अनि जग्गा बेचिएको हो। अर्को कुरा नक्सा हेर्दा थाहा हुने कुरा हो, देखिएको जग्गा कहाँ छ र पर्खाल कहाँ छ ? लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा यस्तो कुनै किसिमको काम भएको छैन र हुने कुरा नि भएन ।”
“प्रधानमन्त्री क्वाटरको बोर्डरदेखि करिब डेढ देखि दुई सय मिटर तलको जग्गा किन्छाैं भनेर शाहले मलाई सोध्नु भा थियो। यो जसलाई पनि थाहा हुने कुरा हो। त्यो जग्गालाई लिएर गाली गर्ने बदनाम बनाउने काम गर्छन् । लेख्दिन्छन् । यो विल्कुलै गलत कुरा हो । पर्खाल सार्ने काम हुने कुरा नै छैन्। लेख्नलाई लेख्ने र गालीका लागि गालीको त के काम भयो र ?” पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लुम्बिनी भ्वाइससँग भने ।
२०५४ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा प्रमुख स्वकिय सचिव रहेका आयुक्त शाहको चरित्र हत्या गर्नका लागि विभिन्न तत्व लागेर सत्य कुरा बुझ्दे नबुझेर विभिन्न गतिबिधि भइरहेको उनी निकट स्रोतले जनाएको छ । सरकारी सेवामा प्रवेश गरेदेखि विवादीत नबनेका शाहलाई बदनाम बनाउने काम भइरहेको जनाइन थालेको छ ।
शाहले वेचेको २ रोपनी जग्गाबारे भू-माफिया भनेर भनिएका शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदी समेत जोडिन पुगेपछि यो प्रकरणमा ट्विस्ट ल्याउन खोजिएको जनाइन्छ । जग्गा कारोबारीबाट जग्गा बेच्ने प्रचलन व्याप्त रहेका वेला विवादीत पात्रको छनाैट गरेर स्रोतको हवाला दिदै संप्रेषण भएका समाचारमा समेत सत्यता नरहेको भन्दै कतिपय उच्च तहका सरकारी अधिकारीको बीचमा समेत चर्चा र बहसको विषय बन्न पुगेको छ ।
यद्यपी पूर्वसचिव त्रितात समितिको प्रतिवेदनका अनुसार आयुक्त शाहको श्रीमती उर्मिलाको नाममा जग्गा खरिद भएर बेचेको देखिएपछि उनलाई विवादीत र बदनाम गर्न यस्तो गर्न खोजिएको हुन सक्ने उच्च राजनीतिक तहमा समेत चलेको छ ।
नेकपा भित्रै भुसको आगो झै सल्केको यो विषयलाई ट्विस्ट गर्दै विभिन्न ओहोदाका व्यक्तिलाई प्रहार गर्न लागिएको भन्दै बबहसको विषय समेत बनेको छ । तर, नेकपा भित्रै महासचिव विष्णु पाैडेल लगायत जग्गा प्रकरणमा जोडिएका व्यक्तिमाथि छानविन हुनुपर्ने माग समेत उठ्न थालेको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












