प्रधानमन्त्री निवासको जग्गाको पर्खाल कसरी सार्न मिल्छः आयुक्त शाह
काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा निर्वाचन आयुक्त सुधीरकुमार शाहबारे संचार माध्यममा आएका समाचार भ्रामक र गलत रहेको पाइएको छ ।
आयुक्त शाहले २०४९ सालमा ललिता निवासको २ रोपनी जग्गा खरिद गरेर २०६१ सालमा वेचि सकेका थिए । तर, पछिल्लो समय आएका समाचारमा जस्तै शाहले सरकारी जग्गा हडप्न पर्खाल सारेको भन्ने कुरा भने गलत र शाहको चरित्र हत्या गर्नका लागि भएको उनी निकट स्रोतले जनाएको छ ।
जग्गा खरिद गरेर वेचेको कुरा सत्य भएपनि संचार माध्यममा आएजस्तै पर्खाल नै सार्न प्रधानमन्त्रीको समेत सहारा लिएको जस्तो देखिने गरि सुचना आउनु दुखद् र मिडियाको भुमिका प्रति नै शंका उब्जेको छ । शाह निकट स्रोतले भन्यो, ‘प्रतिष्ठित मिडियाले सत्यताको नजिक नपुगेर हतारमा समाचार बनाउदा त्यसले समाजलाई कता लैजाला ? मिडियाको भुमिका प्रति जनताले विश्वास कहिले सम्म गर्लान ? खोजमुलक पत्रकारीताको नाममा खिसिटिउरी पत्रकारीले प्रेसको इज्जत जोगाउला ? पक्कै पनि जोगिन्न । शाह मात्रै नभएर पूर्वप्रधानमन्त्री समेत नेपाल मै हुनुहुन्छ । नियमित जनताको काममा हुनुहुन्छ । एक पटक सोध्दा के बिग्रिन्थ्यो र ?’
विवादीत बनेको ललिता निवासको जग्गा बाटो मिलाउन नसक्दा बेचिसकेको कुरा शाहले लुम्बिनी भ्वाइसले सम्पर्क गर्दा भने, “जग्गा खरिद गर्दा मोही लागेको तर, बाटो नभएको जग्गा खरिद गरेपनि बाटो मिलाउन सकिन्छ की भन्ने थियो तर त्यो सकिएन अनि जग्गा बेचिएको हो। अर्को कुरा नक्सा हेर्दा थाहा हुने कुरा हो, देखिएको जग्गा कहाँ छ र पर्खाल कहाँ छ ? लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा यस्तो कुनै किसिमको काम भएको छैन र हुने कुरा नि भएन ।”
“प्रधानमन्त्री क्वाटरको बोर्डरदेखि करिब डेढ देखि दुई सय मिटर तलको जग्गा किन्छाैं भनेर शाहले मलाई सोध्नु भा थियो। यो जसलाई पनि थाहा हुने कुरा हो। त्यो जग्गालाई लिएर गाली गर्ने बदनाम बनाउने काम गर्छन् । लेख्दिन्छन् । यो विल्कुलै गलत कुरा हो । पर्खाल सार्ने काम हुने कुरा नै छैन्। लेख्नलाई लेख्ने र गालीका लागि गालीको त के काम भयो र ?” पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले लुम्बिनी भ्वाइससँग भने ।
२०५४ सालमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा प्रमुख स्वकिय सचिव रहेका आयुक्त शाहको चरित्र हत्या गर्नका लागि विभिन्न तत्व लागेर सत्य कुरा बुझ्दे नबुझेर विभिन्न गतिबिधि भइरहेको उनी निकट स्रोतले जनाएको छ । सरकारी सेवामा प्रवेश गरेदेखि विवादीत नबनेका शाहलाई बदनाम बनाउने काम भइरहेको जनाइन थालेको छ ।
शाहले वेचेको २ रोपनी जग्गाबारे भू-माफिया भनेर भनिएका शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदी समेत जोडिन पुगेपछि यो प्रकरणमा ट्विस्ट ल्याउन खोजिएको जनाइन्छ । जग्गा कारोबारीबाट जग्गा बेच्ने प्रचलन व्याप्त रहेका वेला विवादीत पात्रको छनाैट गरेर स्रोतको हवाला दिदै संप्रेषण भएका समाचारमा समेत सत्यता नरहेको भन्दै कतिपय उच्च तहका सरकारी अधिकारीको बीचमा समेत चर्चा र बहसको विषय बन्न पुगेको छ ।
यद्यपी पूर्वसचिव त्रितात समितिको प्रतिवेदनका अनुसार आयुक्त शाहको श्रीमती उर्मिलाको नाममा जग्गा खरिद भएर बेचेको देखिएपछि उनलाई विवादीत र बदनाम गर्न यस्तो गर्न खोजिएको हुन सक्ने उच्च राजनीतिक तहमा समेत चलेको छ ।
नेकपा भित्रै भुसको आगो झै सल्केको यो विषयलाई ट्विस्ट गर्दै विभिन्न ओहोदाका व्यक्तिलाई प्रहार गर्न लागिएको भन्दै बबहसको विषय समेत बनेको छ । तर, नेकपा भित्रै महासचिव विष्णु पाैडेल लगायत जग्गा प्रकरणमा जोडिएका व्यक्तिमाथि छानविन हुनुपर्ने माग समेत उठ्न थालेको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












