पार्टी एकताको अन्तिम टुंगो लागिसक्यो भोली एकता घोषणा हुन्छः प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी स्थापनाको ७० आैं वर्षगाँठ भव्यताका साथ मनाएको छ ।
राजधानीको राष्ट्रिय सभागृहमा नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा नेकपाले पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम मनाएको हो ।
प्रचण्डले पार्टी एकता विविध कारण लम्बिएको कारण अब भोली नै पार्टी कमिटिको एकताको घोषणा गर्ने समेत जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र आफूले बालुवाटारमा बसेर पार्टी एकता टुंगो लगाएर आएको र भोली त्यसको घोषणा हुने समेत दाबी गरेका छन् ।
पार्टी एकताका लागि अन्तिम रुप दिन दुईजना नेताहरुलाई जिम्मा दिएको समेत प्रचण्डले बताएका छन् । आफू आज राधानी बाहिर जान लागेको भन्दै साँझ फर्केपछि बालुवाटारमा छलफल गरेर भोली पार्टी एकतालाई अन्तिम रुप दिन लागिएको जानकारी गराएका छन् ।
जिल्लाको नेतृत्व र जनसंगठनहरुको एकता घोषणा समेत भोली नै हुने समेत दाबी गरेका छन् ।
पार्टी स्थापना कार्यक्रममा बोल्दै प्रचण्डले भने, पार्टीले सरकार र कामबारे समिक्षा गर्ने योजना बनाएको छ । दुई तिहाई बहुमतको सरकारका कामको समिक्षाका साथै जनअपेक्षाका बारेमा समेत गम्भीर समिक्षा गर्ने क्रममा छाैं ।
कम्युनिष्ट आन्दोलनमा सहयोग पुर्याएको भन्दै खम्बासिंह कुवरलाई सभागृहमा पहिलो सम्मान गरिएको छ ।
अध्यक्ष प्रचण्डले निमन्त्रणा कार्डलाई सामाजिक संजाल फेसबुकमा सेयर गर्दै कम्युनिष्ट आन्दोलनमा योगदान दिने सबैलाई सम्मान तथा पार्टी स्थापनाको ७० आैं वर्षगाँठमा सहभागी हुन आग्रह गरेका थिए ।
कार्यक्रमको अध्यक्षता भने नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहालले गरेका हुन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












