पार्टी फुट्छ, टुक्रिन्छ भन्ने ज्योतिषले दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन्ः प्रधानमन्त्री ओली
काठमाडाैं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषहरुमाथि समेत कडा व्यङ्ग्य गरेका छन् ।
पार्टी स्थापनाको ७० आैं वर्षगाँठ मनाउने क्रममा प्रज्ञा प्रतिष्ठानमा बोल्दै प्रधानमन्त्री ओलीले भने, यो महिना पार्टी फुट्छ, त्यो महिना पार्टी फुट्छ । पार्टी फुट्ने निश्चित छ भन्ने ती ज्योतिषले किन सकेनन्, एमाले माओवादी मिल्छन भनेर भन्न ?
पार्टी एकता प्रक्रियालाई विथोल्न थुप्रैले कोसिस गरेपनि त्यस्ता कोसिस दुवै अध्यक्ष मिलेर परास्त गरेको समेत उनले दाबी गरे । पार्टी एकताले पूर्णता पाएपछि ती ज्योतिषले के भन्लान ? प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरेका छन् ।
गोलीका छर्रा र थुप्रैको बलिदानीपछि स्थायित्वसहित जनताको जीत भयो
यस्तै, प्रधानमन्त्री ओलीले जनताको जीत भएको दाबी गरेका छन् । लामो समयको संघर्ष र बलिदानीका कारण जनताले जीत्न सकेको प्रधानमन्त्री ओलीले जनाएका हुन् ।
कम्युनिष्ट आन्दोलनलाई दिशा दिने क्रममा थुप्रैले बलिदानी गरेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, हिजो युद्ध लडेका मानिसका जिउमा गोलीका छर्रा छन् । कोहि घाइते छन् ।कोहि अपाङ्ग छन भने, थुप्रैले ज्यानको आहुति दिएका छन् । आज देशमा राजनीतिक स्थायित्व स्थापना भएको छ । निरंकुशताको अन्त्य भएको छ। यहि दिन देख्नलाई जनताले बलिदानी गेरका हुन् ।
यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका विरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले कांग्रेसको दिन दशा देखेर दया लाग्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा लामो समय व्यतित गर्न परेको जनाएका छन् ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












