साउन १२ सम्म घर पीडितलाई हस्तान्तरण गर्नेगरी सेनाको टोली टोर्नाडो प्रभावित स्थान वारा-पर्सा प्रस्थान
काठमाडौँ । वारा पर्सामा आएको टोर्नाडोबाट भत्किएका घरको पुननिर्मान बैशाख अन्तिमबाट थालिने भएको छ ।
घर निर्माणको जिम्मा पाएको नेपाली सेनाले शनिबार त्यसतर्फ टोली पठाएको छ । टोली १२ ओटा समूहमा विभाजित भएर काम गर्ने सेनाले जनाएको छ ।
मौसमले साथ दिएमा घर यहि साउन १२ गतेसम्म पीडितलाई हस्तान्तरण गरिसक्ने गरि काम द्रुत गतिमा अगाडी बढाइने भएको सेनाले जनाएको छ । पुनर्निर्माणमा झण्डै ६ हजार जनशक्ती खटाइने र आधा नेपाली सेनाकै जनशक्तिले काम गर्नेछन ।
जसमा बारामा ३ र पर्सामा ९ वटा क्लस्टर रहने छ । दुई जिल्लामा १ हजार ४ सय ५३ घर पूर्ण रुपमा भत्किएका छन् ।
सबैभन्दा बढी बारामा १ हजार ३ सय ६२ र पर्सामा ९१ घर ध्वस्त भएका छन् । ‘शनिबारबाट प्रभावित क्षेत्रमा घर बनाउन खटिने टोली पठाइसकेका छौं,’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने,’ वैशाख २५ गतेसम्म आवश्यक सबै सामान जुटाउने काम हुनेछ, त्यसपछि निर्माण थालिने छ ।’
कार्यालय बाराका प्रशासकीय अधिकृत एवं प्रवक्ता मुरारी कार्कीका अनुसार अहिले प्रभावितहरु टेन्टमा बसेका छन् । घर निर्माणको काम सुरु भएको छैन । पूर्ण रुपमा घर भत्किएकाहरुलाई टेन्टको व्यवस्था गरिएको छ ।
‘नयाँ घरमा २ वटा कोठा, एउटा भान्सा र घरको छेउमा शौचालय बन्ने छ,’ प्रवक्ता पाण्डेले भने, ‘तल्लो भाग सिमेन्टेड हुने छ,’ उनले भने,’ माथि जस्ता राखेर छानो हालिने छ ।’
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












