प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार बन्न सक्छ, मधेसीको हितमा काम नगर्ने सरकारको काम छैनः प्रचण्ड
काठमाडौं । प्रदेश २ को सरकारले मधेसी जनताको हक हितमा काम गर्न नसकेको भन्दै नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने प्रचण्डले जनाएका छन् ।
सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्ड सरकारले जनहितमा काम गर्न नसकेको भन्दै यस्तो सरकारलाई जनताले पर्खेर बस्नु नपर्ने प्रचण्डले जनाएका हुन् ।
मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउदै प्रचण्डले यस्तो बताएका हुन् । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन, प्रचण्डले भने ।
मधेसमा जनताको हक हितमा काम गर्ने सरकारका लागि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।
उनले भने, ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति-व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’
नेकपाले चाहेमा प्रदेश २ मा तत्काल हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ । ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ’ प्रचण्डले भने, ‘तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’
हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । प्रचण्डले भनेको जस्तो प्रदेश २ मा अहिले भएको सरकार ढालेर नेकपाको नेतृत्वमा बनाउन सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।
कार्यक्रममा तराई मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई प्रचण्डले नेकपा प्रवेश गराएका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












