‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुन मन्त्री बस्नेत कतार उडे
काठमाण्डौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुन कतार प्रस्थान गरेका छन।
मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका हुन । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव उपसचिव गणेशविक्रम शाही छन ।
एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उदघाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरुले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्नेछन । यस्तै त्यस क्रममा विभिन्न मुलुकका सहभागी प्रतिनिधिसँग सामूहिक ताथ एक्लाएक्लै भेटसमेत हुनेछ ।
मन्त्री बस्नेत आउँदाे वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












