प्रचण्डले दोश्रो पटक विवाह गर्ने हल्ला निराधार, विवाहको ५० औं वर्षगाँठ सामान्य चियापान गरेर मनाइने
काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले फेरि विवाह गर्ने भनेर आएको समाचार गलत सावित भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड र पत्नी सिता दाहालबीच वैवाहिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिने भएको हो ।
तर, मिडियामा प्रचण्डले दोश्रो विवाह गर्ने भन्दै सिता दाहालको सिउदोमा फेरि सिन्दुर हालिदिने समाचार प्रकाशनमा आएका थिए ।
लुम्बिनी भ्वाइससंगको कुराकानीमा प्रचण्डकी छोरी तथा निजि सचिव गंगा दाहालले भनिन, विवाह गर्ने भनेर समाचारमा आएजस्तो कुरा होइन । आमा-बुवावीच वैवाहिक सम्बन्ध स्थापित भएको ५० औ वर्ष पुगेकाले सामान्य चियापानको आयोजना गरेर मनाउने तयारी थालेका हौ । तर, कुन ठाउँमा गर्ने भनेर फिक्स समेत भएको छैन ।
कक्षा १० मा पढ्दै गर्दा २०२६ सालमा प्रचण्डले सीतासँग बिहे गरेका थिए । जन्मदिन, विवाहकाे वर्षगांठ जस्ता विशेष दिनहरुमा प्रचण्डले खासै चासाे दिने गरेका छैनन् । तर, पत्नी सीता दाहालकाे खुसी र सामाजिक परम्परा अनुसार पनि विवाहको ५० औं वर्षगाँठलाई विशेष महत्व दिईने भएकाेले प्रचण्ड सामान्य कार्यक्रम आयोजना गर्न सहमत भएको जनाइएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











