हाम्रो पार्टीमा जस्ता विद्वान नेताहरु अरु पार्टीमा छैनन्, देशको नेतृत्व गर्ने बेला आएको छः मुख्यमन्त्री राउत
काठमाडाैं । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच प्रज्ञा प्रतिष्ठान कमलादीमा आज पार्टी एकता भएको छ ।
पार्टी एकता सभामा बोल्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टी मुलुकको एक नम्बर पार्टी बन्ने दाबी गरेका छन्। उनले विद्वान र अन्य पार्टीको तुलनामा सबै भन्दा अनुभवी नेताहरु रहेको पार्टी बनेको भन्दै बाबुराम भट्टराईको तारिफसँगै उपेन्द्र यादव, अशोक राई लगायतका अन्य नेताहरु एकै ठाउमा भएकाले अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
कांग्रेस नेकपामाथि कडा रुपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतले चुनाैति दिदै क्रोध व्यक्त गरेका छन् । पार्टी मिल्दा मधेसी पार्टी भनेर हेपेको स्मरण गर्दै उनले राष्ट्रिय स्तरमा ठूलो पार्टी बन्ने दाबी समेत गरेका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले केहि दिन पहिले एक कार्यक्रममा बोल्दै प्रदेस २ को सरकार परिवर्तन हुने भन्दै अभिव्यक्ति दिएपछि क्रुद्ध बनेका मुख्यमन्त्री राउतले षडयन्त्र गर्ने र भ्रमको खेती गर्न थालेको दाबी गरेका छन् ।
यद्यपी कार्यक्रमको सुरुवातमा मुख्यमन्त्री राउतले जय मधेस भनेर भनिरहदा डा. बाबुराम भट्टराईको मुहारमा भने त्यत्ति मुस्कान देखिएको थिएन् । नेपाली हिन्दी भाषामा भाषण गरेका मुख्यमन्त्री राउतले सहि मुद्दा भए पार्टी अगाडी बढेरै छाड्ने दाबी समेत गरेका छन् । जनयुद्ध लडेका डा. बाबुराम भट्टराई हुनु नै पार्टीको सफलता हुने उनको दावी छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












