प्युठानको स्वर्गद्वारी नगरपालिकामा जनमोर्चा र नेपाली कांग्रेसका ३ सय बढि नेता कार्यकर्ता नेकपा प्रवेश
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्युठानमा राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेसबाट ३ सय बढि नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन्
स्वर्गद्वारी नगर कमिटिको आयोजनामा सम्पन्न नगरस्तरिय आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा तीन सय बढि नेता कार्यकर्ता नेकपामा प्रवेस गरेको नेकपा स्वर्गद्वारी नगर कमिटिले जनाएको छ ।
कार्यक्रममा नेकपा स्थायी कमिटि समस्य मणी थापाको हातबाट टिका ग्रहण गरेर पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो । आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने, नेकपा कडा रुपमा प्रस्तुत भएको छ । विकास र संबृद्धि हामीबाट संभव छ । युवा तथा न्यायप्रेमी जनसमुदायले समेत हामीलाई विश्वास गर्नु भएको छ । यहाँहरुको विश्वासलाई कत्ति पनि डगमगाउन दिने छैनाैं ।
यस्तै, कार्यक्रममा प्युठन नेकपा अध्यक्ष तुलसीराम शर्मा, प्रदेश कमिटि सदस्य कृष्ण अधिकारी, कृष्ण घिमिरे लगायत अखिल क्रान्तिकारी उपमहासचिव मिलन एमसी, केन्द्रिय सचिवालय सदस्य सुमनराज श्रेष्ठ, वाइसिएन केन्द्रिय सदस्य मुकेश थापा, सुजन रोका लगायत नेताहरु उपस्थित रहेका थिए ।
प्युठान नेकपा संगठऔन विस्ततार अभियानमा सक्रिय अखिल क्रान्तिकारी उपमहासचिव एसमीले प्युठान कम्युनिष्टको गढ मात्रै नभएर नेकपाको गढ बन्न पुगेको दाबी गरेका छन् । नेता एमसीले प्युठानमा विकासको मुल फुटाउन सकेको प्रयास गर्ने भन्दै आम प्युठानीलाई पार्टीमा समाहित हुन आग्रह समेत गरेका छन् ।
Comments
अरु समाचार
-
कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज धनगढीबाट सुरू
काठमाडाैं । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १०...
-
मनोज शर्मा नै किन रवि र बालेनलाई नै प्यारो ?
काठमाडौं । ‘नेपोकिड’ को नाराले ओलीलाई हेलिकप्टर चढेर भाग्ने बनायो । नातावाद र कृपावादको विरोधमा उत्रिएका जेनजीले सरकार फेरे ।...
-
उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत,...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
प्रधानन्यायाधीश सिफारिसपछि कांग्रेसको फरक अभिव्यक्ति, भन्यो- देशलाई एकलौटी शासनतर्फ धकेलियो
काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी हालै जारी अध्यादेश र त्यसअन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ । कांग्रेसले...
-
नेपाल बार एसोसिएसनको बैठक: प्रधानन्यायाधीश सिफारिसबारे समान धारणा बनाउँदै
काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दै छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे समान धारणा बनाउन आजका लागि...
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...












