कांग्रेसको देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ आजदेखि
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज (बुधबार)बाट देशभर एकसाथ राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ ।
सबै जिल्ला, क्षेत्र, गाउँ/नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान तीन चरणमा सम्पन्न हुनेछ । बुधबारबाट सुरु हुने प्रथम चरणको कार्यक्रमका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको कांग्रेसले जनाएको छ ।
अभियानको काठमाडौंमा सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अन्य जिल्लामा पार्टी केन्द्रीय कार्यालयबाट जिम्मेवारी प्राप्त केन्द्रीय नेतृत्व या प्रतिनिधिहरुले उद्घाटन गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । त्यस्तै दोस्रो चरण भदौ २४ गते (बिपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (राष्ट्रिय मेलमिलाप दिवस) मा समापन हुने कांग्रेसले जनाएको छ ।
सातै प्रदेशमा शीर्ष नेताको सम्बोधन
सातै प्रदेशमा पार्टी पदाधिकारी र शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सुदूरपश्चिमको धनगढीमा उपसभापति विमलेन्द्र निधि, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव, प्रदेश नं. ५ को रुपन्देहीमा महामन्त्री डा. शशाङ्क कोइराला, गण्डकी प्रदेशको पोखरामा अर्का महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश नं. २ को धनुषामा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रदेश नं. १ को सुनसरीमा अर्का उपसभापति विजयकुमार गच्छदारले सम्बोधन गर्ने तय भएको पौडेलले जानकारी दिए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












