अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा हाजिर, विवादास्पद वकिल रमन श्रेष्ठले पाठकको पक्षमा वकालत गर्दै !
काठमाडाैं । घुस प्रकरणका आरोपी अख्तियार अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भोली बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।
अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।
अख्तियारमा कार्यरत रहँदै घुस प्रकरणमा तानिएको भिडियो संचार माध्यममा सार्वजनिक भएपछि अख्तियारबाट बाहिरिएका उनी विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएपछि समेत उनले आफुले कुनै घुस रकम नलिएको दाबी गर्दै आएका छन् ।
उच्च सरकारी निकायका कर्मचारीका विरुद्ध मुद्धा दर्ता भएको यो ठूलो घटनाका रुपमा लिइदै आएको छ । वकालत समूहका पूर्वसचिव समेत रहेका पाठकले घुस लिएको कुरा ढाकछेप गर्न विभिन्न शक्ति केन्द्रका व्यक्तिलाई प्रयोग गरेका थिए ।
नायक महान्यायाधिवक्ता समेत रहिसकेका पाठकको पक्षमा बहस गर्ने कानुन व्यवसायी समेत नभेटिएको अदालत स्रोतको दाबी छ । तर, पाठक प्रकरणमा पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठले भने डटेर वकालत गर्ने अठोट लिएको खुल्न आएको छ । पाठकले गरेको काम र उनको घुस्याहा प्रवृत्ति देखेर प्रायः कानुन व्यवसायीहरु उनको पक्षमा वकालत गर्न नै नमानेको जनाइन्छ ।
तर, नेकपा अध्यक्ष प्रचण्ड नजिक मानिने बद्नाम मानिने वरिष्ठ कानुन व्यवसायी रमन श्रेष्ठले घुस्याहा पाठकको पक्षमा वकालत गर्ने पक्का भएको अदालत स्रोतले न्युज-नेपाललाई जनाएको छ । सामान्यतयाः वकालत प्रक्रियामा वकिलहरुले सहजै वकालत गर्ने गरेको पाइन्छ । तर, देशलाई टाट पल्टाउने मात्रै नभएर राज्य संयन्त्रलाई नै कमजोर पार्ने पाठकका विरुद्ध वकालत गर्नु भन्दा कानुन पेशा नै छाड्ने भन्दै वकिलहरुले मुद्धा सुन्नै चाहेका थिएनन् ।
तत्कालीन आयुक्त पाठकले भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट समेत पुष्टि भएपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो ।
पाठक विरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउने तयारीमा रहेको नेकपाले छलफल जारी राखेकै बेला उनले घुस लिएको र घुस प्रकरण ढाकछेप गर्न विभिन्न शक्ति केन्द्र धाउने गरेको भिडियो सार्वजनिक भएपछि उनले राजीनामा गरेर बसेका थिए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












