नेकपा जनबर्गिय संगठन एकताः युवाको नेतृत्व वाइसिएल र विद्यार्थिको नेतृत्व अखिलले पाउने निश्चित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गिय संगठनको एकता प्रक्रिया टुंगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज जनवर्गिय संगठनको भागबण्डाको अन्तिम टुंगो लगाएको हो ।
नेकपा सचिवालयको बैठकले युवा, विद्यार्थी, पत्रकार, महिला, मजदुर र बुद्धिजीविको नेतृत्वबारे अन्तिम टुंगो लगाएको नेकपाका एक सचिवालय सदस्यले लुम्बिनी भ्वाइसलाई जानकारी दिए ।
ती नेताका अनुसार युवावको नेतृत्व पूर्वमाओवादीको युवा संगठन वाइसिएल नेपाललाई दिने भएको हो । अब संयुक्त पार्टीको युवा संगठनको अध्यक्षमा रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पाउने भएका छन् ।
यस्तै, विद्यार्थीको नेतृत्व भने पूर्वएमालेको पोल्टामा परेको छ । जसमा अखिलका तर्फबाट ऐन महरले संयुक्त विद्यार्थीको नेतृत्व सम्हाल्ने भएका हुन् ।
महिलाको नेतृत्वमा समेत पूर्वमाओवादीले पाएको छ भने पत्रकारमा पनि पूर्वमाओवादीले नेतृत्व पाएको छ । महिलामा अमृता थापामगर र पत्रकारमा महेश्वर दाहालले जिम्मा पाउने भएका हुन् । भने मजदुर र बुद्धिजीवीमा भने पूर्व एमालेले पाउने भएको हो । मजदुरमा विनोद श्रेष्ठ र बुद्धिजीवीमा डा. दिनेशन्द्र देवकोटाले नेतृत्व सम्हालने भएका हुन् ।
सचिवालय सदस्यका अनुसार सम्पूर्ण जनवर्गिय संगठनमा अध्यक्ष र सह-अध्यक्ष गरेर कार्यविभाजन गर्ने तयारी भएको हो । भने अन्य नेताहरुको नाम भने सार्वजनिक भएको छैन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












