एनआरएन अष्ट्रेलियाको चुनावी माहोल तातियो, कोषाध्यक्षमा घिमिरेको उम्मेदवारी
काठमाडाैं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावी माहोल तात्तिदै गएको छ ।
विभिन्न मुलुकमा गैरआवासिय नेपाली संघको चुनाव सकिइसकेको अवस्थामा भने अष्ट्रेलियामा चुनावी वातावरण गर्मिदै गएको छ । विश्वमा छरिएर रहेका नेपालीहरुमध्ये धेरै जस्तो नेपालीहरु अष्ट्रेलियामा रहेको जनाइन्छ । अहिले अष्ट्रेलियामा झण्डै १ लाख २० हजारको हाराहारीमा नेपालीहरु रहेको जनाइन्छ । तर एनआरएन सदस्य भने १२ हहजार रहेका छन् ।
यस्तै, जुलाई ६ मा अष्ट्रेलियामा चुनावी कार्यक्रम तय भएपछि विभिन्न पदका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तीब्र पार्दै लगेका छन् । एनआरएनए अष्ट्रेलियाको किङल्याण्ड राज्यको कोषाध्ययक्षमा रोजेश घिमिरेले उम्मेवदारी दर्ता गराएपछि उनलाई नेपालीहरुले संभावित नेतृत्व भन्दै जितको सुभकामना दिन थालेका छन् । भने, उक्त राज्यमा समावेशी समूहको तर्फओबाट धिरेन्द्र थापाले संयोजक एवं उपाध्यक्षमा उम्मेदवारी दएका छन भने, उपसंमयोजकमा प्रमोद दवाडी, सचिवमा विरोचन श्रेष्ठ, सहसचिवमा प्रकाश राई, महिला संयोजकमा मेघासिंगह शर्मा, युवा संयोजकमा आविस्कार पाण्डे लगायत रहेका छन् ।
किङ्स ल्याण्ड राज्यबाटै एनसीसी सदस्यमा निरज क्याप्टेन, रमेश पाण्डे, सुमन श्रेष्ठ लगायतले उम्मेदवारी दिएका छन् ।
संखुवासभामा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका घिमिरे साथीहरुसँग मिलेर अष्ट्रेलियाको नर्थ ब्रिसबेनमा नेपाली भाषा पाठशाला संचालन गर्दै आएका छन् । नेपाली आमाबुबाका सन्तानलाई नेपाली भाषा सिकाएर उनीहरुलाई नेपाली भएको महशुस गराउने उद्धेश्य बोकेर उनले नेपाली भाषा पाठशाला चलाउन थालेको जनाएका छन् ।
घिमिरेले सन २००६ देखि २००८ सम्म एम्नेष्टि इन्टरनेश्नलमा युथ कोडिनेटर भएर काम गरिसकेका छन् । उनले २००८ मा एसिएन नेटवर्क फर फ्री इलेक्सन नामक अन्तराष्ट्रिय संस्थामा काम गरेको अनुभव समेत बटुलेका छन् ।

यस्तै, घिमिरेले सन २०१३ देखि २०१५ सम्म एनआरएनए तास्मानियामा कार्यकारी पदमा काम गरेका हुन भने, २०१५ देखि २०१६ सम्मनेपाली समाज ता्मानियाको सचिव भएर जिम्मेवारी सम्हालीसकेका छन् । अहिले उनले २ वर्षे कार्यकालका लागि एससीसी क्विन्सल्याण्डमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
समुदायका लागि हरपल, समावेशी एनआरएन भन्ने नाराका साथ निर्वाचनमा होमिएका घिमिरे किङ्सल्याण्ड राज्यमा चर्चित व्यक्ति मानिन्छन् । उनी उक्त राज्यमा मात्रै नभएर सिंगो अष्ट्रेलियामा नेपाली समुदायका माझ अत्यन्तै मिलनसार र सालिन व्यक्तिका रुपमा चिनिन्छन् ।
न्युज-नेपालको सम्पर्कमा आएका घिमिरेले भने, मेरो उम्मेदवारी नेपाली समुदायको हित र आम नेपालीले नेपाली संस्कार र संस्कृतिलाई भुल्नु हुन्न भन्ने नै हो । हामीले मिलेर नेपाली सभ्यताको विकास गर्दै जन्मथलोको बारेमा समेत केहि गर्नु पर्छ भन्ने कुराको विकास गर्नु हो । यहि कारण म अहिले नेपाली भाषा सिकाउन तत्पर छु । हाम्रा साना नानीवावूले हाम्रो भाषा जान्नु पर्छ । सिक्नु पर्छ । यहि मनशायले अगाडी बढेको मेरो लक्ष्यलाई यहाँ बस्ने नेपाली दाजिभाई दिदिबहिनीले दरो साथ दिनु भएको छ । निर्वाचनमा जीत हार सामान्य कुरा हो । तर, जहाँसम्म मैले गरेको काम र अनुभव छ त्यसले मेरो जीत हुनेछ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












