एनआरएन अष्ट्रेलियाको चुनावी माहोल तातियो, कोषाध्यक्षमा घिमिरेको उम्मेदवारी
काठमाडाैं । गैरआवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनावी माहोल तात्तिदै गएको छ ।
विभिन्न मुलुकमा गैरआवासिय नेपाली संघको चुनाव सकिइसकेको अवस्थामा भने अष्ट्रेलियामा चुनावी वातावरण गर्मिदै गएको छ । विश्वमा छरिएर रहेका नेपालीहरुमध्ये धेरै जस्तो नेपालीहरु अष्ट्रेलियामा रहेको जनाइन्छ । अहिले अष्ट्रेलियामा झण्डै १ लाख २० हजारको हाराहारीमा नेपालीहरु रहेको जनाइन्छ । तर एनआरएन सदस्य भने १२ हहजार रहेका छन् ।
यस्तै, जुलाई ६ मा अष्ट्रेलियामा चुनावी कार्यक्रम तय भएपछि विभिन्न पदका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तीब्र पार्दै लगेका छन् । एनआरएनए अष्ट्रेलियाको किङल्याण्ड राज्यको कोषाध्ययक्षमा रोजेश घिमिरेले उम्मेवदारी दर्ता गराएपछि उनलाई नेपालीहरुले संभावित नेतृत्व भन्दै जितको सुभकामना दिन थालेका छन् । भने, उक्त राज्यमा समावेशी समूहको तर्फओबाट धिरेन्द्र थापाले संयोजक एवं उपाध्यक्षमा उम्मेदवारी दएका छन भने, उपसंमयोजकमा प्रमोद दवाडी, सचिवमा विरोचन श्रेष्ठ, सहसचिवमा प्रकाश राई, महिला संयोजकमा मेघासिंगह शर्मा, युवा संयोजकमा आविस्कार पाण्डे लगायत रहेका छन् ।
किङ्स ल्याण्ड राज्यबाटै एनसीसी सदस्यमा निरज क्याप्टेन, रमेश पाण्डे, सुमन श्रेष्ठ लगायतले उम्मेदवारी दिएका छन् ।
संखुवासभामा जन्मेर अष्ट्रेलियालाई कर्मथलो बनाउदै आएका घिमिरे साथीहरुसँग मिलेर अष्ट्रेलियाको नर्थ ब्रिसबेनमा नेपाली भाषा पाठशाला संचालन गर्दै आएका छन् । नेपाली आमाबुबाका सन्तानलाई नेपाली भाषा सिकाएर उनीहरुलाई नेपाली भएको महशुस गराउने उद्धेश्य बोकेर उनले नेपाली भाषा पाठशाला चलाउन थालेको जनाएका छन् ।
घिमिरेले सन २००६ देखि २००८ सम्म एम्नेष्टि इन्टरनेश्नलमा युथ कोडिनेटर भएर काम गरिसकेका छन् । उनले २००८ मा एसिएन नेटवर्क फर फ्री इलेक्सन नामक अन्तराष्ट्रिय संस्थामा काम गरेको अनुभव समेत बटुलेका छन् ।

यस्तै, घिमिरेले सन २०१३ देखि २०१५ सम्म एनआरएनए तास्मानियामा कार्यकारी पदमा काम गरेका हुन भने, २०१५ देखि २०१६ सम्मनेपाली समाज ता्मानियाको सचिव भएर जिम्मेवारी सम्हालीसकेका छन् । अहिले उनले २ वर्षे कार्यकालका लागि एससीसी क्विन्सल्याण्डमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
समुदायका लागि हरपल, समावेशी एनआरएन भन्ने नाराका साथ निर्वाचनमा होमिएका घिमिरे किङ्सल्याण्ड राज्यमा चर्चित व्यक्ति मानिन्छन् । उनी उक्त राज्यमा मात्रै नभएर सिंगो अष्ट्रेलियामा नेपाली समुदायका माझ अत्यन्तै मिलनसार र सालिन व्यक्तिका रुपमा चिनिन्छन् ।
न्युज-नेपालको सम्पर्कमा आएका घिमिरेले भने, मेरो उम्मेदवारी नेपाली समुदायको हित र आम नेपालीले नेपाली संस्कार र संस्कृतिलाई भुल्नु हुन्न भन्ने नै हो । हामीले मिलेर नेपाली सभ्यताको विकास गर्दै जन्मथलोको बारेमा समेत केहि गर्नु पर्छ भन्ने कुराको विकास गर्नु हो । यहि कारण म अहिले नेपाली भाषा सिकाउन तत्पर छु । हाम्रा साना नानीवावूले हाम्रो भाषा जान्नु पर्छ । सिक्नु पर्छ । यहि मनशायले अगाडी बढेको मेरो लक्ष्यलाई यहाँ बस्ने नेपाली दाजिभाई दिदिबहिनीले दरो साथ दिनु भएको छ । निर्वाचनमा जीत हार सामान्य कुरा हो । तर, जहाँसम्म मैले गरेको काम र अनुभव छ त्यसले मेरो जीत हुनेछ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












