प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो खुलेकै हो त ? प्रधानमन्त्री ओलीले बेलायतमा के भने त्यस्तो ?
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता परिवर्तनबारे बेलायतमा वामपन्थि दलले गरेको सहमतिका आधारमा सरकार चल्ने वताएका छन् ।
बेलायत भ्रमणको क्रममा रहेका प्रधानमन्त्री ओलीले “के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ?” भन्ने एक प्रश्नको उत्तरमा दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने भन्दै नरम जवाफ फर्काएका छन् ।
केहि दिन पहिले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणको क्रममा भारत रहेका बेला प्रचण्डले सरकार र पार्टी आलोपालो चलाउने सहमति भएको भन्दै आफ्नो स्पेस खोजेका थिए ।
प्रचण्डले शिर्ष तहमा भएको सहमतिका आधारमा सरकार र पार्टी चल्ने भन्दै आफूले कि पार्टी की सरकारको नेतृत्व गर्ने बारे सांकेत गरेका थिए । प्रचण्डले पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने कुरा गरेपछि नेकपाको उच्च राजनीतिक तहमा समेत यसले चर्चा पाएको थियो ।
थोरै रिजर्व देखिएका प्रधानमन्त्री ओलीले सरकार परिवर्तनबारे खुलेरै कहि कतै धारणा सार्वजनिक गर्ने गरेका छैनन् । तर, प्रचण्डले भने आफ्नो भुमिका खुम्चिएको महशुस गरेकै बेला नेकपाका उच्च तहका नेताहरुले समेत प्रचण्ड आफै सेकेण्ड म्यान बन्न पुगेको जनाउदै आएका छन् ।
यसरी प्रचण्डलाई सेकेण्ड म्यान बनाइएको भन्दै विरोध होला भन्ने डरले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति सामान्य र सन्तुलित आएको अनुमान लगाउन थालिएको छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











