विप्लवको प्रतिवन्ध फुकाउन भन्दै जर्मनीको कम्युनिस्ट पार्टीले प्रधानमन्त्रीलाई लेख्यो पत्र
काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रतिबन्ध फुकाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीको कम्युनिस्ट पार्टीले पत्र लेखेको छ ।
सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई उच्च निगरानीमा राखिरहेका बेला जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी (एमएलडीपी) ले सरकारले लगाएको प्रतिबन्धलाई विरोध गरेको हो ।
एमएलडीपीले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रमा विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग पनि गरेको छ।
एमएलडीपीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘जर्मनीमा हामीले जर्मन कम्युनिस्ट पार्टी (केपीडी) माथि लगाइएको प्रतिवन्धबाट महत्वपूर्ण अनुभव लिएका छौँ। सन् १९५६मा प्रतिक्रियावादी सरकारबाट हामीमाथि प्रतिवन्ध लगाइएको थियो। यतिबेला नेपालको वामपन्थी सरकारले प्रतिवन्ध लगाएको छ।’
निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नता रहेको भन्दै त्यसलाई मिलाएर लैजानुपर्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’
एमएलडीपीले लेखेको पत्रमा आफूहरुले प्रतिबन्धको अनुभव गरेको र त्यसको असर नराम्रो परेकाले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध राम्रो नभएको भन्दै यो विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्रीको युरोप भ्रमणका बेला जर्मनको कम्युनिस्ट पार्टीले लेखेको पत्रला महत्वका साथ हेरिएको छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












