ताजा समाचार

बहुदलीय जनवाद होइन जनताको जनवाद नै पार्टीको आधिकारीक कार्यदिशा होः प्रचण्ड

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको आधिकारीक कार्यदिशा बहुदलीय जनवाद नभएर जनताको जनवाद रहेको दाबी गरेका छन् । 

सोमबार पार्टी कार्यालय धुमबाराहीमा आयोजित जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनताको जनवादका विषयमा सहमति भएको र जनताको जनवाद नै पार्टीको आधिकारीक कार्यदिशा भएको प्रचण्डले स्पष्ठ पारेका छन् । 

प्रचण्डले जनताको जनवाद नबुझेकाले विभिन्न बखेडा झिक्न खोजेको भन्दै आक्रोस समेत व्यक्त गरेका छन् । प्रचण्डले सनेकपा सचिवालय सदस्य ईशवर पोखरेलतर्फ संकेत गर्दै भने, ‘पार्टीको कार्यक्रम जनताको जनवाद होइन भन्नेहरु पार्टीको कार्यक्रम बुझ्न नसकेर ‘कन्फ्युज’ भइरहेछन्’ । ‘कसैलुे बुझे पनि नबुझे पनि पार्टी यही कार्यक्रमका साथ अगाडि बढ्छ। दुई अध्यक्षका बीचमा यही सहमति भएको हो।’

प्रचण्डले महाधिवेशनसम्म यही कार्यक्रम लिएर जाने र महाधिवेशनबाट पार्टीको विचार र कार्यक्रम थप परिमार्जित र परिस्कृत हुने भन्दै पार्टी एकता सिद्धान्तहीन ढंगले नगरिएको दावी गरेका छन् । माक्सवादकै पथप्रदर्शनमा समाजवादी बाटोमा अगाडि बढ्ने उद्देश्यका साथ भएको प्रचण्डको भनाई छ ।

यद्यपी सचिवालय सदस्य पोखरेलले जनताको बहुदलीय जनवादको कार्यदिशालाई जनतामाझ लैजाने भन्दै बेलाबेलामा अभिव्यक्ति दिदै आएका छन् । उनले पार्टी एकताबारे गर्ने सार्वजनिक धारणाहरुमा सिद्धान्त विहीन भएर नहुने जनाउदै आएका छन् । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org