प्रधानमन्त्री समक्ष एकनाथ ढकालले मागे राष्ट्रिय सभा सदस्य
काठमाडाैं । नेपाल परिावार दलका अध्यक्ष एकनाथ ढकालले आफ्नो दललाई संसदमा प्रतिनिधित्व गराउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
ढकालले आफ्नो दललाई राष्ट्रिय सभामा सहभागी गराउन आवश्यक प्रक्रिया छिटो चाल्न भन्दै प्रधानमन्त्री ओलीलाई वालुवाटारमा भेटेर ध्यानाकर्षण गराएका हुन् ।
नेपाल परिचार दल र तत्कालीन नेकपा एमालेबीच भएको सहमति अनुसार आफ्नो दलले सांसद पाउनुपर्ने दाबी सहित उनले तीन बुँदे सहमति पालना गर्न माग गरेका थिए ।
ढकालले यसबारे जानकारी नेकपा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव कुमार नेपाललाई समेत भेटेर यसबारे ध्यानाकर्षण गराउने जनाएका छन् ।
अध्यक्ष ढकाल तीनै नेता हुन जसले नेपाल सरकारलाई सह-आयोजक बनाएर विवादीत एसिया प्यासिफिक समिटको नाममा धर्मको प्रचार गराएका थिए । कोरियामा पुगेर मदर मुनलाई हिमालको देश नेपालमा विश्वले मदर मुन स्विकार गरेको भन्दै भाषण समेत गरेका थिए । उनले बरिष्ठ नेता नेपालको सहयोगमा सरकारलाई सह-आयोजक बनाएपनि सर्वसाधारणंको विरोधपछि सरकार पछि हटेको थियो ।
भने, कार्यक्रममा पिलाइएको होली वाइन समेत विवादीत बनेको थियो । होली वाइनमा मुनको शुक्रकिट हुने भन्दै अन्तराष्ट्रिय मिडियाले जनाउदै आएका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












