लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त,जिल्ला इन्चार्ज मारिए
काठमाडाैं । सर्लाहीको लालबन्दीमा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच भएको भिडन्तमा जिल्ला इन्चार्ज मारिएका छन् ।
प्रहरी र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाकामा भएको भिडन्तमा सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेल मारिएका हुन् ।
प्रहरी र विप्लवका कार्यकर्ताबीच भएको भीडन्तमा अन्य तीनजना भने भागेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार विप्लव चारजना कारयकर्ता मोटरसाइकलमा सर्लाहीबाट सिन्धुली तर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरुले फायर खोलेका थिए । त्यसपछि प्रहरीलले जवाफी फायर खोल्नु परेको उनले जनाए ।
मृतक पाैडेलको साथबाट पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ । तर, सर्लाही जिल्ला प्रसासन कार्यालयका सुचना अधिकारी चिरञ्जिवी भट्टराईले भने कुनै भीडन्तबारे जानकारी नआएको जनाए ।
घटनास्थल तर्फ प्रहरी पुगेपनि यसबारे थप विवरण भने खुलन बाँकी छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











