विधेयक फिर्ता लिए हुन्छ तर कर्मचारीतन्त्र भताबुंग पार्न सकिन्नः लालबाबु पण्डित
काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राज्यव्यवस्था तथा सुशासन समितिलाई विधेयक फिर्ता गर्न चुनौती दिएका छन्।
आइतबार समिति बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलका क्रममा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पण्डितले उक्त विधेयक फिर्ता गर्न चुनौती दिएका हुन्। सांसदहरूले परिमार्जन गर्न भनेका कुरा सरकारको तर्फबाट मन्त्रालयले ग्रहण गर्न नसक्ने भन्दै मन्त्री पण्डितले बरु नीतिगत निर्णय गरेर फिर्ता गर्न चुनौती दिएका हुन्। सांसदहरूले निजामती सेवा र स्वास्थ्य सेवालाई समान बनाउनुपर्ने तथा कर्मचारीमा रहेको तह र श्रेणीलाई कि श्रेणी कि तहमात्रै राख्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए।
जसको जवाफमा मन्त्री पण्डितले भने, ‘अहिले ऐन आएको छ। कर्मचारी तन्त्रलाई भताभुंग गरेर जानुपर्छ भन्नेमा सरकार सहमत छैन। श्रेणी र तहलाई भताभुंग गरेर जान सम्भव छैन। त्यो गर्न खोजे यो विधेयक फिर्ता लगेर जानुस् भन्नुस्। नीतिगत रूपमा यो विधेयक फिर्ता लैजानुस् भन्नुस्।’ मन्त्री पण्डितले अहिले सरकारको कर्मचारी संरचना त्यसरी परिवर्तन हुने अवस्थामा नरहेको बताए।
प्रदेश र स्थानीय तहमा तहगत संरचना रहेको संघमा श्रेणीगत नै कर्मचारी संरचना रहने मन्त्री पण्डितले बताए। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निजामती कर्मचारी सबै सरकारका निकाय रहेको र तिनको संरचना फरकफरक रहेको बताउँदै मन्त्री पण्डितले निजामती र स्वास्थ्य सेवा समान गर्न नसकिने तथा श्रेणी र तहलाई पनि कायम राख्नुपर्ने बताएका थिए। सांसदहरूले भने कर्मचारी संयन्त्रलाई परिमार्जन गर्ने अहिले उपयुक्त रहेको बताएका छन्।
राज्यव्यवस्था तथा सुशासन समितिले संघीय मामिला मन्त्रालय संलग्न रहेको लोकसेवा आयोगको केही पहिले खोलेको विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि सरकार र समितिबीच तिक्तता आएको छ। त्यसको प्रभाव समितिमा देखा परेको छ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












