सत्तारुढ दलमा ओली-प्रचण्ड आमुन्नेसामुन्ने हुँदा मन्त्रीहरुको निद्रा हराम
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री परिवर्तनको हल्लाले गर्माएको बहस प्रधानमन्त्री ओली र प्रचण्डबीच फाटो ल्याउने अस्त्र बन्दै गएको छ ।
प्रचण्डले मन्त्रीहरु परिवर्तन हुने भन्दै सरकार पुर्नगठनको कुरा उठाएपनि प्रधानमन्त्री ओलीले भने यसबारे आैपचारीक रुपमा मुख खोलेका छैनन् ।
आज बालुवाटारमा मन्त्री परिषद्को बैठक डाकेका प्रधानमन्त्री ओलीले पूर्वमाओवादीबाट सरकारमा सहभागी भएकालाई आफनो पक्षमा ल्याउन कसरत थालेको भनिएपनि यता प्रचण्डले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गाैतमसँग सामिप्यता बढाउदै लगेका छन् ।
नेकपामा प्रधानमन्त्री ओलीमा शक्तिको भुत चढेको भन्दै रुष्ठ रहेका नेताहरुले प्रचण्डलाई पार्टी अलग बनाउने कुरामा समेत तयारी थाल्न उकास्दै आएको स्रोतको दावी छ । तर, प्रचण्डले प्रधानमन्त्री ओलीले सहमति पालना गर्ने विश्वास लिएका कारण नेकपामा केहि हलचल नआए स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी दिएमा मात्रै सरकार बारे कुनै कुरा नउठाउने गरि रचेको योजना तुहाउन ओली निकटका नेताहरु कहिले कार्यदिशा त कहिले केहि कुरा गरेर अलमल्याउने बाटोमा लागेको जनाइन्छ ।
तर, पूर्वमाओवादीको कोटाबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ले समेत प्रधानमन्त्रीको कित्तामा उभिने देखिुएपछि प्रचण्।डले आफ्नो निवास बोलाएर छलफल गरिसकेको जनाइएको छ । प्रचण्डको कुरा सुनेर बादल फर्केपनि उनले कुनै जवाफ नदिएर माैन बस्न चाहेको स्रोतको दावी छ । तर, नेकपामा सल्केको भुसको आगो छिट्टै कुनै भयानक रुपमा देखिने स्पष्ठ संकेत भने देखा परेको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका कामहरु बालुवाटारबाट चलाउदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत जान छाडेका छन् । उनी अहिले बालुवाटारमा पार्टीका विभिन्न नेताहरुलाई भेट्ने र पूर्व माओवादीबाट सरकारमा सहभागी भएकालाई समेत आफ्नो पोल्टामा फर्काउने कोसिस के हुन्छ यत्तिकै भन्न सकिन्न ।
यस्तै, मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बताएपछि भने मन्त्रीहरुमा फेरि डर पैदा भएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्ड आमुन्नेसामुन्ने हुँदा मन्त्रीहरुलाई सहज निद्रा लाग्न छाडेको स्रोतको दावी छ । कतिबेला के निर्णय आउँछ भनेर कान तिखो पारेर बसेका मन्त्रीहरुलाई काम भन्दा पद जोगाउन हम्मेहम्मे हुन थालेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर गोप्य सर्कुलर जारी गरेको हुनसक्ने भन्दै नेकपाका एक नेताले सरकार परिवर्तन भएरै छाड्ने जनाएका छन् ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












