सत्तारुढ दलमा ओली-प्रचण्ड आमुन्नेसामुन्ने हुँदा मन्त्रीहरुको निद्रा हराम
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मन्त्री परिवर्तनको हल्लाले गर्माएको बहस प्रधानमन्त्री ओली र प्रचण्डबीच फाटो ल्याउने अस्त्र बन्दै गएको छ ।
प्रचण्डले मन्त्रीहरु परिवर्तन हुने भन्दै सरकार पुर्नगठनको कुरा उठाएपनि प्रधानमन्त्री ओलीले भने यसबारे आैपचारीक रुपमा मुख खोलेका छैनन् ।
आज बालुवाटारमा मन्त्री परिषद्को बैठक डाकेका प्रधानमन्त्री ओलीले पूर्वमाओवादीबाट सरकारमा सहभागी भएकालाई आफनो पक्षमा ल्याउन कसरत थालेको भनिएपनि यता प्रचण्डले नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र वामदेव गाैतमसँग सामिप्यता बढाउदै लगेका छन् ।
नेकपामा प्रधानमन्त्री ओलीमा शक्तिको भुत चढेको भन्दै रुष्ठ रहेका नेताहरुले प्रचण्डलाई पार्टी अलग बनाउने कुरामा समेत तयारी थाल्न उकास्दै आएको स्रोतको दावी छ । तर, प्रचण्डले प्रधानमन्त्री ओलीले सहमति पालना गर्ने विश्वास लिएका कारण नेकपामा केहि हलचल नआए स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी दिएमा मात्रै सरकार बारे कुनै कुरा नउठाउने गरि रचेको योजना तुहाउन ओली निकटका नेताहरु कहिले कार्यदिशा त कहिले केहि कुरा गरेर अलमल्याउने बाटोमा लागेको जनाइन्छ ।
तर, पूर्वमाओवादीको कोटाबाट गृहमन्त्री बनेका रामबहादुर थापा ‘बादल’ले समेत प्रधानमन्त्रीको कित्तामा उभिने देखिुएपछि प्रचण्।डले आफ्नो निवास बोलाएर छलफल गरिसकेको जनाइएको छ । प्रचण्डको कुरा सुनेर बादल फर्केपनि उनले कुनै जवाफ नदिएर माैन बस्न चाहेको स्रोतको दावी छ । तर, नेकपामा सल्केको भुसको आगो छिट्टै कुनै भयानक रुपमा देखिने स्पष्ठ संकेत भने देखा परेको छ ।
प्रधानमन्त्री ओलीले पार्टीका कामहरु बालुवाटारबाट चलाउदै आएका छन् । सार्वजनिक कार्यक्रममा समेत जान छाडेका छन् । उनी अहिले बालुवाटारमा पार्टीका विभिन्न नेताहरुलाई भेट्ने र पूर्व माओवादीबाट सरकारमा सहभागी भएकालाई समेत आफ्नो पोल्टामा फर्काउने कोसिस के हुन्छ यत्तिकै भन्न सकिन्न ।
यस्तै, मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने बताएका छन् । उनले त्यसको अधिकार भने प्रधानमन्त्रीसँग मात्रै रहेको बताएपछि भने मन्त्रीहरुमा फेरि डर पैदा भएको छ ।
प्रधानमन्त्री ओली र प्रचण्ड आमुन्नेसामुन्ने हुँदा मन्त्रीहरुलाई सहज निद्रा लाग्न छाडेको स्रोतको दावी छ । कतिबेला के निर्णय आउँछ भनेर कान तिखो पारेर बसेका मन्त्रीहरुलाई काम भन्दा पद जोगाउन हम्मेहम्मे हुन थालेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर गोप्य सर्कुलर जारी गरेको हुनसक्ने भन्दै नेकपाका एक नेताले सरकार परिवर्तन भएरै छाड्ने जनाएका छन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











