जनताको जनवाद उल्लेख गरेर पार्टी एकता गरेपछि अनावश्यक गलफत्ति किन गर्नुः भीम रावल
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले पार्टीको विधानमै जनताको जनवाद भएकाले यसमाथि विवाद सिर्जना गर्न आवश्यक नरहेको बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै उल्लेख नीतिमाथि अनावश्यक विवाद भइरहेको बताए। ‘शीर्ष नेताबीच जनताको जनवादमा सहमति भएको हो’, उनले भने, ‘कसले र किन पार्टीको नीतिबारे विवाद सिर्जना गरेको हो? मैले बुझ्न सकेको छैन।’
नेकपाको अधिकतम् लक्ष्य वैज्ञानिक समाजवाद भएको र घोषित नीति जनताको जनवाद भएको उनको दावी थियो। नेता रावलले सबैलाई विधानअनुसार चल्न आग्रह गरे। ‘सबै विधानअनुसार चल्नुपर्छ’, उनले भने, ‘सहमति विपरीत गईयो भने राजनीतिक अस्थिरता निम्तिने खतरा हुन्छ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले एकीकरणका बेला भएको सहमति सबैले पालना गर्नुपर्ने बताए। ‘एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ। यसबाट कोही पनि विचलित हुनुहुँदैन’, उनले भने, ‘‘यदि पार्टीको नीतिबारे कसैलाई चित्त बुझेको छैन भने केन्द्रीय कमिटीमा राखिनुपर्छ।’
गत पुसदेखि केन्द्रीय समितिको बैठक नबसेको भन्दै उनले त्यही कारण बाहिर बोल्दै हिँड्नुपर्ने अवस्था आएको बताए। ‘मैले जे कुरा बोलेको छु, सबै पार्टीको घोषित नीतिअनुसार नै बोलेको छु’, उनले भने।
नेता रावलले सरकारमाथि जनताको ठूलो अपेक्षा रहेको भन्दै जनअपेक्षा अनुसार का मगर्न आग्रह गरे। उनले मन्त्री हेरफेर सामान्य विषय भए पनि अहिले त्यसबारे पार्टीमा कुनै छलफल नभएको बताए।
उनले सरकारको कामको समीक्षापछि मात्रै काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सकिने बताए। अहिले नै यो र ऊ भन्दा पनि सरकारको कामको समीक्षा पहिला गर्नुपर्छ’, उनले भने, ‘कसैले प्रभावकारी काम गर्न सकेको छैन भने फिर्ता बोलाउनुपर्छ।’
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












