जनताको जनवाद उल्लेख गरेर पार्टी एकता गरेपछि अनावश्यक गलफत्ति किन गर्नुः भीम रावल
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले पार्टीको विधानमै जनताको जनवाद भएकाले यसमाथि विवाद सिर्जना गर्न आवश्यक नरहेको बताएका छन्।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै उल्लेख नीतिमाथि अनावश्यक विवाद भइरहेको बताए। ‘शीर्ष नेताबीच जनताको जनवादमा सहमति भएको हो’, उनले भने, ‘कसले र किन पार्टीको नीतिबारे विवाद सिर्जना गरेको हो? मैले बुझ्न सकेको छैन।’
नेकपाको अधिकतम् लक्ष्य वैज्ञानिक समाजवाद भएको र घोषित नीति जनताको जनवाद भएको उनको दावी थियो। नेता रावलले सबैलाई विधानअनुसार चल्न आग्रह गरे। ‘सबै विधानअनुसार चल्नुपर्छ’, उनले भने, ‘सहमति विपरीत गईयो भने राजनीतिक अस्थिरता निम्तिने खतरा हुन्छ।’
पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले एकीकरणका बेला भएको सहमति सबैले पालना गर्नुपर्ने बताए। ‘एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ। यसबाट कोही पनि विचलित हुनुहुँदैन’, उनले भने, ‘‘यदि पार्टीको नीतिबारे कसैलाई चित्त बुझेको छैन भने केन्द्रीय कमिटीमा राखिनुपर्छ।’
गत पुसदेखि केन्द्रीय समितिको बैठक नबसेको भन्दै उनले त्यही कारण बाहिर बोल्दै हिँड्नुपर्ने अवस्था आएको बताए। ‘मैले जे कुरा बोलेको छु, सबै पार्टीको घोषित नीतिअनुसार नै बोलेको छु’, उनले भने।
नेता रावलले सरकारमाथि जनताको ठूलो अपेक्षा रहेको भन्दै जनअपेक्षा अनुसार का मगर्न आग्रह गरे। उनले मन्त्री हेरफेर सामान्य विषय भए पनि अहिले त्यसबारे पार्टीमा कुनै छलफल नभएको बताए।
उनले सरकारको कामको समीक्षापछि मात्रै काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सकिने बताए। अहिले नै यो र ऊ भन्दा पनि सरकारको कामको समीक्षा पहिला गर्नुपर्छ’, उनले भने, ‘कसैले प्रभावकारी काम गर्न सकेको छैन भने फिर्ता बोलाउनुपर्छ।’
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











